२०८१, १ कार्तिक बिहीबार

वीरेन्द्रनगर नगरपालिकाको पहिलो बैठकका निर्णयः निःशुल्क बीमादेखि गौशाला निर्माण ।।

सुर्खेत : ले निःशुल्क बीमादेपखि गौशाला निर्माणसम्म निर्णय गरेको छ । जेठ २३ गते बसेको नगरकार्यपालिकाको पहिलो बैठकले विभिन्न १७ बुँदेमा निर्णय गरेको हो ।


बैठकले निःशुल्क स्वास्थ विमा, फोहोरमैला व्यवस्थापन, ढल तथा नालाहरुको सिघ्र मर्मत, जीर्ण र खाल्टा परेका सडकहरुको मर्मत, गौशाला निर्माण, सार्वजनिक जग्गाहरुको लगत लिई सोको उचित संरक्षण र सार्वजनिकरण गर्ने निर्णय गरेको नगरप्रमुख मोहनमाया भण्डारी (ढकाल)ले बताइन् ।
नगरपालिकाको प्रशासनिक भवन निमार्ण स्थलको जग्गा व्यवस्थापन, राजमार्ग अतिक्रमण गरि राखिएका निर्माण सामाग्री व्यवस्थापन, हावाहुरीले क्षति पुर्याएका स्कुलका छाँना सिघ्र मर्मत, अत्यावस्यक समितिलाई पूर्णता, नगर शैक्षिक कोष स्थापना, सिटि वसपार्कको राजस्व असुल गर्ने, भूमी सम्बन्धी समस्या समाधान आयोगको बाँकी काम सञ्चालन गर्ने, सार्वजनिक सेवा प्रवाहमा गुणात्मक सुधार, बजेट तथा योजना वितरण र सडकको अधिकार क्षेत्रका सम्बन्धमा निर्णय गरेको हो ।
निःशुल्क स्वास्थ्य बीमा
स्वास्थ्य सेवालाई प्रभावकारी बनाएर नागरिकलाई सामाजिक सुरक्षाको अनुभुती गराउनका लागि निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रम सञ्चालन गरिने नगर प्रमुख ढकालले जानकारी दिइन् । ‘जेष्ठ नागरिक, अति विपन्न, दीर्घ रोगीलाई निःशुल्क स्वास्थ्य बीमा गरिने छ ।’ उनले भनिन्,‘नगर भित्रका जेष्ठ नागरिक तथा गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिनेछ ।’
फोहरमैला व्यवस्थापन र ढल निकास
वीरेन्द्रनगर बजार क्षेत्रको फोहरमैला र ढल निकास गर्ने कार्यपालिकाको बैठकले निर्णय गरेको छ । फोहरमैला व्यवस्थापन गर्न वडा समितिलाई जिम्मेवारी दिने निर्णय गरेको छ । फोहरमैला व्यवस्थापनका लागि नीजि क्षेत्रलाई जिम्मेवारी दिने पनि निर्णय गरेको छ ।
त्यस्तै, ढल निकासका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम र विपत व्यवस्थापन कोषबाट मर्मतसम्भार गर्ने वडा नं. १२ को तिनकुने क्षेत्र र १३ पहाडी भूभागका साथै नगरभित्रका जटिल प्रकार डुबान भएका क्षेत्रको पहिचान गर्ने त्यसको दीर्घकालिन समधानका लागि काम गर्ने निर्णय समेत गरेको नगर प्रमुख ढकालले जानकारी दिइन् ।
गौशाला निर्माण
कार्यपालिकाको बैठकले वडा नं. ११ को भेरी पुल नजिकै प्रशान्ती धार्मिक सामुदायिक वन क्षेत्रमा गौशाला निर्माण गर्ने निर्णय गरेको छ ।
कर्णाली प्रदेश सरकार र नगरपालिकाबीच सम्झौता भएर गौशालाका लागि पूर्वाधारजन्य संरचना निर्माण, पशु आहारा व्यवस्थापन, छाडा पशु चौपायाको दिगो व्यवस्थापनका लागि उपभोक्ता समितिमार्फत गौशाला निर्माण गरिने जनाएको छ ।
त्यस्तै, कर्णाली प्रदेश सरकारबाट प्राप्त कार्यक्रमको बजेटबाट वडा नं. ७ मा गौशाला सेड निर्माण गर्ने निर्णय गरेको छ ।
शैक्षिक हब बनाउने
‘म बनाउँछु मेरो नगरलाई शैक्षिक हब’ अभियान अन्र्तगत शैक्षिक अभिबृति गर्नका लागि एक स्वेच्छिक कोष स्थापना गर्नका लागि कानुन बनाएर अगाडी बढाउने तयारी भएको प्रमुख ढकालले बताइन् ।