२०८१, १ कार्तिक बिहीबार

बजेट परम्परागत

सबैभन्दा ठूलो क्रमिकता वा परम्परावादी दोष भनेको बजेट संचरना रहेका छ । कर्णालीका विकास, निर्माणमा खर्च हुन्छ । हुन त यो नयाँ कुरा हैन, तर कहिलेसम्म यो निरन्तरता कायम राख्ने काम मात्र गरेको छ ।

चालु खर्च यतिधेरै बढ्नुको कारण के हो । के प्रशासन ठूलो भएर हो । राजनीतिक संचरना ठूलो भएर हो । अर्कोतिर सरकारले राष्ट्रसेवकहरुको तलब–भन्दा बढाएको छैन । बजारमूल्य र तलब–भत्ताबीच तालमेल छैन । घुस नखाइकन कर्मचारी बाँच्न सक्ने बनाइएको छैन । कर्मचारी, सेना र पुलिसको संख्यासमेत पर्याप्त छैन । सरकारको पहिलो ‘एसेसमेन्ट’ चालु खर्चको अनुपातलाई घटाउँदै र विकास खर्चको अनुपातलाई बढाउँदै लैजाने हुनुपर्दथ्यो ।
शक्षा र स्वास्थ्य क्षेत्रमा भएको बेथिति, अराजकता, मनपरीतन्त्र र माफियागिरीलाई रोक्नु पथ्र्यो । त्यो काम यो सरकारले गर्न सकेको अवस्था रहेन् । नीति कार्यक्रममा पुरानै अवस्थामा आयो । असाध्यै महंगो हुँदै गएको चिकित्सा शिक्षा र त्यसले स्वास्थ्य सेवाको लागत आकासिएको यथार्थलाई सरकारले किञ्चित ध्यान दिएको छैन । सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्न, निजी र सार्वजनिक स्कुलको शिक्षा प्रणालीमा भएको विभेद अन्त्य गर्न सरकार उदासिन छ मात्र हैन, सार्वजनिक शिक्षालाई झनै कमजोर बनाएर निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्ने नीति लिएको छ । यसले नागरिकको भन्दा बिचौलियाको सहयोग गर्छ ।