सपनाको गाउँ लिमी
नेपालको संबिधानमै समाजवादी व्यवस्थाको परिकल्पना गरेका छ । पूर्वाधारका सुबिधाले निकै पछि परेको हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी गाउँ भने एउटा सपनाको गाउँका रुपमा रहेको छ । नाम्खा गाउँपालिका–६ को लिमी गाउँमा तीन वटा गाउँ हल्जी, तिल र जाँग बनेको छ । यो हिमाली क्षेत्रमा रहेको एउटा उपत्यका पनि पनि हो । ११ सय वर्षदेखि अवस्थित यी गाउँहरुको आफ्नै चालचलन रहेको छ । यहाँको समाजमा आफ्नै नियम कानुन रहेका छन् । मिली गाउँमा कसैले पनि जनवारमाथि हिंसा गर्न पाइदैन् । ६५ वर्ष उमेर पुगेका मानिसले श्रम गर्न पर्दैन् । गाउँमा अपराधका घटना शुन्य रहेको छ । स्थानीय निकायको चुनाव नभएको बेलामा पनि यो गाउँमा स्थानीय बसेर वडा अध्यक्ष चुनिने गरेका थिए । जनप्रतिनीधिबिहिन कहिल्यै हुन परेन् । गाउँमा भ्रष्टाचार शुन्य अवस्थामा रहेको छ । गाउँको प्रहरी चौकी वर्षोदेखि एउटा उजुरी परेको छैन् । अर्कोतर्फ त्यहाँ कुनै पनि नागरिकले अपराध गर्ने कुरा छैन् ।
हरेक लिंग, जातजाति, समुदाय, वर्ग र समूहहरुको सामाजिक सद्भावले राष्ट्र अगाडि बढ्छ । यसरी अगाडि बढ्दै जाने क्रममा हरेक व्यक्ति र समाजका आ–आफ्नै संघर्षका चुलीहरु पनि ठडिँदै जान्छन् । उन्नत समाज निर्माण गर्ने क्रममा लिमीका नागरिकहरु लागेका छन् । लिमी गाउँले समाज बुझ्नका लागि ऐनाको काम गर्न सक्छ । त्यसैगरी यसले कसैलाई पथ प्रदर्शन गर्न सक्छ । त्यहाका स्वास्थ्य शिक्षा र रोजगारी पछाडी परेको भएपनि त्यहाका नागरिकको एकता, सदभाव र मिलानसारपनालाई समाजका हरेक नागरिकका लागि शिक्षाका बिषय हुन् । त्यसमा सबैको ध्यान जान जरुरी रहेको भने यसबाट सबैले पाठ सिक्न जरुरी रहेको छ ।
