२०८१, १९ बैशाख बुधबार

कर्णाली विद्युत् भरपर्दो माध्यम बनाऔं

कर्णाली उज्यालो कार्यक्रम अलपत्र ल्याएर अहिले अलपत्र परेको अवस्थामा रहेको छ । कर्णाली प्रदेशका ग्रामीण क्षेत्रमा विद्युतको पहुँच पु¥याउन प्रदेश सरकारले ल्याएको ‘कर्णाली उज्यालो’ कार्यक्रम कार्यान्वयन आउन सकेको छैन् । कर्णाली उज्यालो कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन कार्यक्रमले नै धेरै आयोजनाहरूलाई सहयोग गर्दै आएको छ । तर, कर्णालीमा भरपर्दो माध्यम बन्न सकेको छैन् ।
कर्णाली उज्यालो कार्यक्रम भरपर्दो माध्यम बन्न नसकेको अवस्थामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णालीमा दुई वर्षमा उज्यालो बनाउने बताएका छन् । अहिले पनि कर्णालीमा पात हल्लिदासाथ विद्युत जाने अवस्थामा रहेको छ । कर्णालीमा कोहलपुरबाट प्रसारण लाइनका खम्बा पनि बलिया बनाउन सकिएको छैन् । कर्णालीका तीन जिल्ला अहिले पनि विद्युत्को पहुँच बाहिर रहेका छन् । विद्युत्को विस्तार गर्ने भनेको लामो सयमदेखि कर्णाली गाउँ गाउँमा विद्युत् पुग्न सकेको अवस्था छैन ।
नेपालमा ९५ प्रतिशत घरधुरी विद्युतको पहुँचमा पुगेका छन् । विश्व बैंकको सर्वेक्षणअनुसार नेपालमा विद्युत् पहुँचको गुणस्तरमा उल्लेखनीय प्रगति हुँदै आएको छ । सन् २०१७ मा ७२ प्रतिशतले भरपर्दो, किफायती र निर्बाध विद्युत् उपयोग गरिरहेकामा अहिले आएर ९५ प्रतिशत पुगेको हो । सर्वेक्षणअनुसार विद्युत् पहुँचको गुणस्तरमा प्रगति भए पनि सयमध्ये ७० परिवारले काठमाडौं र अन्य प्रदूषणकारी र हानिकारक इन्धनलाई खाना पकाउनमा प्रयोग गरिरहेछन् । तर, कर्णालीका ७३ प्रतिशत नागरिक विद्युत्को पहुँच बाहिर रहेको एक तथ्याङ्क देखाएको छ । अबको आवश्यकता भनेको कर्णालीमा विद्युत्को भरपर्दो माध्यम बनाउन आवश्यक रहेको छ ।