कर्णाली चिन्ने र चिनाउने कर्णाली कर्णाली उत्सव सम्पन्न
सुर्खेत । कर्णालीको खाका कोर्ने उद्देश्यका साथ कर्णालीमा २०७६ सालदेखि ‘कर्णाली उत्सव’ ‘कुडा कर्नाली’ बहस हुँदै आएको छ । तीन वर्षदेखि कर्णालीको आर्थिक, सामाजिक राजनीतिक बहसका ‘कर्णाली उत्सव’ ‘कुडा कर्नाली’ सञ्चालन हुँदै आएको हो ।
सामाजिक क्षेत्रमा सक्रिय सुर्खेतस्थित ऋति फाउन्डेसनको आयोजनामा पहिलो संस्करण २०७६ फागुन १९ गतेदेखि २१ गतेसम्म, दोस्रो संस्करण २०७७ फागुन २७ गतेदेखि २९ गतेसम्म र तेस्रो संस्करण यही फागुन २७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएर सकिएको छ ।
उत्सवमा पहिलो सत्रमा ‘कर्णाली भेरी सुसेल्दो छ’, दोस्रोमा ‘बजार विकास र हजार निकास’, तेस्रो ‘आरन अन्वेषण र आविष्कार’, चौथोमा ‘लगानीमा लगाम’, पाँचौँमा ‘झरो–उजेलोको खरो’, छैटौँमा ‘कर्णाली भेरी तीरै तीर भविष्यको पिर’ सातौँमा ‘रैबार र रैला’, आठौँमा ‘शून्य समय’, नवौँमा ‘वाद विवाद र संवाद’, दसौँमा ‘विकासको बाटो’, एघारौँमा ‘उमेरको उमङ्ग’ र बाह्रौँमा ‘कर्णाली चिन्तन (दिगो विकास र कर्णाली)’ शीर्षकमा सत्रहरु छलफल भए ।
पहिलो सत्र ‘कर्णाली भेरी सुसेल्दो छ’ मा गङ्गा केसी, प्रेमदेव गिरी, नन्दकृष्ण जोशी र विजया शर्मा, दोस्रो ‘बजार विकास र हजार निकास’ सत्रमा रेवती गुरुङ, वसन्त अधिकारी, जेबी चौधरी र सुरथ चौधरी, तेस्रो ‘आरन, अन्वेषण र आविष्कार’मा महावीर पुन, सहवीर कामी, डिबी नेपाली, कविता पाण्डे, चौथो सत्र ‘लगानीमा लगाम’मा चन्द्र ढकाल, निरक केसी र तारा शाह, पाचौं सत्र ‘झरो–उजेलोको खरो’मा गजेन्द्रबहादुर महत, कुलमान घिसिङ र निशा राना, ‘कर्णाली भेरी तीरै तीर भविष्यको पिर’ सत्रमा डा. सुदीप ठकुरी, डा. राधा वाग्ले, कृष्ण रोकाया र युवराज कार्की, ‘रैबार र रैला’ सत्रमा डा. वैकुण्ठ अर्याल, युवराज घिमिरे, टीकाराम यात्री र दीपा कोइराला, ‘शून्य समय’ सत्रमा कर्णाली प्रदेश सभा सदस्यहरू देवी ओली, दानसिंह परियार र प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकी, ‘वाद विवाद र संवाद’ सत्रमा प्रतिनिधि सभा सदस्य तथा काँग्रेस महामन्त्री गगन थापा र सहरी विकास मन्त्री रामकुमारी झाँक्री, ‘विकासको बाटो’ सत्रमा डा. विमला राई पौडेल, कर्णाली प्रदेशका अर्थमन्त्री विन्दमान विष्ट, मधु मरासिनी, ‘उमेरको उमङ्ग’ सत्रमा सुनिता रावल, पञ्चा सिंह, आरती लामा र पुनम भट्टराई, कर्णाली उत्सवभर तीन वटा पैकलो (आत्मकथा), कविता साँझ र गजल महाफिल भएर सम्पन्न भएको आयोजक संस्था ऋती फाउन्डेसनका अध्यक्ष तथा कर्णाली उत्सवका संयोजक कमलराज लम्सालले बताए ।
कर्णालीमा प्रचुर सम्भावना हुँदा पनि आर्थिक समृद्धि नहुनु, सीमान्तकृत वर्गको उत्थान नहुनु, रोजगारी सिर्जना नहुनुका कारण पत्ता लगाउन, प्रदेश सरकारको कार्यशैली सुधार, विगतको समीक्षा तथा कर्णालीको भविष्यमाथि गहन बहस तथा आर्थिक मार्गचित्र तयार गर्न र समृद्ध कर्णालीको खाका कोर्ने उद्देश्यका साथ कर्णाली उत्सव कुडा कर्णालीका सञ्चालन गर्दै आएको संयोजक लम्सालले जानकारी दिए । ‘कर्णालीको बेरोजगारी अन्त्य, पलायन हुनुपर्ने बाध्यताको खोजी, आर्थिक समृद्धिको बाटो खोज्न, विकास निर्माण चुस्त बनाउन, महिला सशक्तीकरण ल्याउन, विभिन्न संस्कृति संरक्षण गर्न तथा कर्णाली विकास नहुनुका कारण यहाँका अवसर, चुनौती र समस्या समाधान खोज्न ‘कर्णाली उत्सव’ कुडा कर्नालीमार्फत खोज्न सम्बन्धित क्षेत्रका विषय विज्ञसहित बहस सुरु गरिएको हो ।’ उनले भने,‘यो बहसले कर्णाली चिनाउने र कर्णालीमा लगानी भित्र्याउनका लागि एउटा काम हो भने अर्कोतर्फ कर्णाली उत्सवको उद्देश्य, यसले कर्णालीको आर्थिक, सामाजिक, राजनीतिक विकासमा पु–याउने टेवा, नीति निर्माणमा पु¥याउने सहयोग, यस्ता बहसको आवश्यकता रहेको छ ।’