२०७९, ५ जेष्ठ बिहीबार

जिल्ला प्रशासनबाट ई–पासवर्ट वितरण सुरु

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले विद्युतिय राहदानी (ई–पासवर्ट) वितरण सुरु गरेको छ । जिल्लामै पहिलो पटक सोमबार वीरेन्द्रनगर–८ का गृवाणबाबु कोइरालालाई पासवर्ड वितरण गर्दै सेवाको सुरुवात गरिएको हो ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले पहिलो पटकमा एक सय १८ वटा ई–पासवर्ड तयार भएर आएको बताए । ‘यसको म्याद १० बर्ष सम्म हुनेछ,’ उनले भने, ‘आजबाट वितरणको काम सुरु गरेका छौँ । अब सेवाग्राहीलाई कम झण्झटिलो संगै समयको पनि बचत हुनेछ ।’ यस अघि नेपाल सरकारले मंसिरबाट ई–पासवर्ट वितरण सुरु गरेको थियो ।

नेपालमा वैदेशिक यात्राका लागि यसअघि मशीन रिडेबल पासपोर्ट (एमआरपी) प्रयोग हुँदै आएकोमा विद्युतीय राहदानी (ई–पासपोर्ट) कार्यान्वयनमा ल्याइए संगै थप सहज भएको हो ।