२०८१, ८ बैशाख शनिबार

राप्रपाको केन्द्रीय निर्देशन समितिमा सुर्खेतका मुकुन्दश्याम गिरी मनोनीत

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा प्रजातान्त्रिकको एकता पछि गठन भएको निर्देशन समितीको सदस्यमा सुर्खेतका मुकुन्दश्याम गिरी मनोनीति भएका छन् ।

तत्कालीन राप्रपा नेपालका सह–महामन्त्री तथा वीरेन्द्रनगर नगरपालिका पुर्व मेयर समेत रहेका गिरी केन्द्रीय समितिमा मनोनीत भएका हुन् । निर्देशन समितिको अध्यक्ष राप्रपाका नेताहरु कमल थापा, पशुपति शम्शेर ज.व.रा. र प्रकाश चन्द्र लोहनी रहेका छन् । भने अन्य देशैभरका विभिन्न क्षेत्रका नेताहरु सदस्यमा नमोनित भएका हुन् ।

२०२९ साल देखि रास्ट्रवादी विद्यार्थी मन्णडलको सदस्य हुदै राजनीति सुरु गरेका गिरी रास्ट्रवादी विद्यार्थी मन्णडलको केन्द्रिय सदस्य, केन्द्रिय सह–महामन्त्री तथा २०३४ मा विद्यार्थी मन्णडलको केन्द्रिय उपाध्यक्ष सम्म भएका थिए ।