२०७८, २१ श्रावण बिहीबार

कोरोनाबाट पूर्व सञ्चार राज्यमन्त्री विष्टको निधन

सुर्खेत । नेपाली कांग्रेस सुर्खेतका युवा नेता एवम् पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुुर विष्टको निधन भएको छ । कोरोना संक्रमित विष्टको आज बिहान ५ बजेतिर निधन भएको हो । उनको मेडिसिटी अस्पताल काठमाडौँमा उपचारका क्रममा निधन भएको हो ।

उनी ६० वर्षका थिए । उनमा एक महिनाअघि कोरोना संक्रमण पुष्टि भएको थियो । २०३६ सालदेखि विद्यार्थी जीवनबाट राजनीति सुरु गरेका विष्ट २०४६ साल पहिले प्रतिबन्धित नेपाली कांग्रेसका सदस्य बनेको थिए ।

२०४९ जिल्ला विकास समिति सुर्खेतको उपसभापति, २० वर्ष नेपाली कांग्रेस सुर्खेतको सभापति र पूर्व संविधानसभा सदस्य समेत बनेका थिए ।