२०८०, १६ मंसिर शनिबार

हुम्लाका स्वास्थ्यकर्मी माथि दुव्यवहार

सुर्खेत। हुम्लामा एक शिक्षकले स्वास्थ्यकर्मी माथि दुव्यवहार गरेका छन् । कोरोना संक्रमित श्रीमतीको उपचार गर्न नआएको भन्दै शिक्षकले चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढामाथि हातपात गरेका हुन् ।

संक्रमित महिला होम आइसोलेशनमा बसेकी छिन, भने बिरामी भेट्न स्वास्थ्यकर्मी नआएको भन्दै शिक्षक अम्रित रोकायाले हातपात गरेका हुन् । दिनहुँ उपचार गर्न किन नआएको भन्दै आफूमाथि शिक्षक रोकायाले हातपात गरेको स्वास्थ्य संयोजक बुढाले बताए ।

यता जिल्ला प्रशासन कार्यालय हुम्लाले घटनाको छानविन सुरु भइसकेको बताएको छ । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले घटनाको जानकारी आएको र सत्य तथ्य बुझ्न पठाएको बताए ।