२०७८, ३१ जेष्ठ सोमबार

कर्णाली प्रदेशसभाका बजेट अधिवेशन आव्हान

सुुर्खेत । कर्णाली प्रदेशसभाको बर्षे अर्थात बजेट अधिवशेन जेठ २४ गतेका लागि बोलाइएको छ । प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले आठौँ अधिवेशनको बैठक जेठ २४ गते दिउँसो दुई बजेका लागि आव्हान गरेका छन् । नेपालको संविधानको धारा १८३ (१) वमोजिम अधिवेशन आव्हान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भीमराज थानीले जानकारी दिए । थानीले शुक्रबार एक सुचना जारी गर्दै यस्तो बताएका हुन् ।

संविधानतह प्रदेश सरकारले असार एक गते बजेट, नीति तथा कार्यक्रम ल्याउनुपर्ने प्रावधान रहेको छ । यस अघि बिहीबार प्रदेशको सर्वदलिए बैठकले अधिवेशन बोलाउन प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो । त्यसको एक दिन पछि अधिवेशनको मिति तोकिएको हो ।

सम्बन्धित समाचार