तिजकै दिन श्रीमानबाट कुटिएकि दिदिको सत्यकथा
२०७३ सालको हरीतालीका तिजमा घर गएर वीरेन्द्रनगर फर्किदै थिए । करीब आधा घण्टाको पैदल यात्रापछि वीरेन्द्रनगर आउने बस भेटियो । अलि हतार थियो, बस हिड्ने समय पनि भईसकेकाले बसमा चढेर वीरेन्द्रनगर तर्फ यात्रा सुरु भयो । बस हिडेको करी १० मिनेट पछि बाटोमा एकजना महिला बसलाई रोक्नको लागी अनुरोध गर्दै थिईन । सोहि अनुरोध अनुसार बस चालकले बस रोके ।
महिलाको अनुहार अलिक पीर परेको जस्तो देखिन्थ्यो । बसमा यात्रु अलि धेरै नै थिए, सिट खाली कुनै पनि थिएनन् , तैपनि बसका सहयोगीले आउनुस सिट खाली बस्नुस भनिहाले । म बसको क्याबीनमा थिए । पछाडिको कुनै सिट पनि खाली थिएन । गाडिका सहयोगीले ति महिलालाई म नजिकै गएर मिलेर बस्न सुझाव दिए ।
अनि ति महिला मेरो साईडमा आएर बसीन् । गाउँ एउटै भएपनि ति महिलासँग मेरो त्यति राम्ररी चिनजान थिएन । २ दिन देखि मेरो मोबाईल अफ भएकाल म मोबाईलमा टावरको पर्खाईमा थिए । १९ गतेको तिज म तिजको भोलिपल्ट नै विशष कामले वीरेन्द्रनगर फर्किदै थिए । १९ गते तिज भएपनि हाम्रो गाउँमा तिजको भोलिपल्ट पनि नाचगान चल्छ । तिजको दिनमा गाउँमा खासै रमाईलो भएन ।
हुन त पहिले पहिलेको जस्तो तिजको सभ्यता र संस्कृति पनि कहाँ छर गाउँशहरमा । बसमा चिनजानका खासै कोहि थिएनन । चिनेका भनेका उहि गाडिचालक थिए । मेरो ध्यान ति दिदि तिरै थियो । बसमा चढेदेखि नै केहि अफठ्यारोपनको महशुस गरिरहेकि थिईन्, ति दिदिले । उनले गरेका हरेक फरक व्यवहारहरु मैले नियाल्न थाले ।
थोत्रा र पुराना देखिने कुर्ता सुरुवाल । घाटिमा ठुलो साईजको पछ्यौरा । मैले मनमनै सोचे, दिदिलाई पक्कै पनि केहि पीर परेको हुनुपर्छ । उनी हरेक पलमा आफ्ना व्यवहारहरु फेरीरहन्थीन् । घरी बसका अन्य यात्रुलाई हेर्थिन् त घरी मेरो हातको घडिमा । उनका यी फरक व्यवहारहरु संग मलाई अचम्म लागेर आयो । दिदि तपाईलाई के भएको छ भनेर सोधु भने पनि उल्टै थर्काउलीन भन्ने लाग्यो र झट्ट सोध्न पनि सकिन । यात्राकै क्रममा उनलाई हेर्दाहेर्दै समय बितेको पत्तै भएन । बस फिनिकाडा आईपुगेछ । बसका सहयोगी कराउँदै थिए ।
ल हजुर वीरेन्द्रनगर वीरेन्द्रनगर आउनुस आउनुस आदि ईत्यादि । बस रोकिएको थियो । दिदि भने अलिक आखा छड्के पारेर मेरो हातको घडिमा समय हेर्दै थिईन । केहि समयमा फिनिकाडाबाट बस हिड्यो । दिदिले केहि खोजेजस्तो लाग्यो मलाई, आफ्नो सुरुवालको पकेटमा केहि चिज खोजेर नपाए जस्तो गर्दै थिईन् दिदि । त्यतिकैमा उनले मुख खोलिन, दिदि एकैछिन मोबाईल दिनुन है फोन गर्नुपर्यो ।
बसको अलि पछाडि तिर बसेकि दिदिसँग अनुरोध गरीन उनले । पछाडिकि दिदिले केहि पनि नबोली मोबाईल दिईन । त्यसपछि नम्बर सम्झीएजस्तो एकछिन घोरीएर मोबाईलमा नम्बर हान्न खोज्दै थिईन् । केहि समयमा फोन गएको आवाज आयो । उनले फोन लाउडस्पीकर गरीन । फोन उठ्यो हेलो कोहो ? उताबाट आवाज आयो ।
यताबाट ति दिदिले भनिन साईली फुपु म हो, म सुर्खेत आउँदै छु यो गाडि रोकिने ठाउँमा मलाई लिन आउनु । उनले यति भनेर फोन राखीहालिन् । सायद उनी फुपुको फोनको पर्खाईमा थिईन्, घरीघरी त्यो मोबाईलमा हेरीरहन्थीन् । एकछिन पछि फोन त आयो तर तिनै मोबाईल वाली दिदिको रैछ । उनले फोन दिईन् । आधा घण्टा बितिसक्दा पनि उनको फुपुको फोन आएन् ।
छेडामा आएर बस रोकियो, फोन आयो ति मोबाईलवाली दिदिले बहिनी तिम्रो फोन भन्दै उनलाई दिईन । फोनको पर्खाईमा रहेकि दिदिले कुरा गर्न सुरु गरीन । फोन उनै साईली फुपुका श्रीमानले गरेका रहेछन् क्यारे । ति दिदिका कुरा सुन्दा यस्तो लाग्थ्यो कि महिला भएर जन्मिनु नपरोस ।
हिजोको तिज, तिजकै दिनमा श्रीमानबाट कुटिएर झगडा गरेर घरबाट भागेर हिडेकि रैछिन्, दिदि । करीब १० मिनेट जति उनले फोनमा आफ्ना पुसाजुसँग कुरा गरीन् । उताको कुरा त केहि पनि सुनिएन तर यताबाट दिदिले फोनमा गरेका कुरा सुन्दा त एकदमै दुख लागेर आउथ्यो । तिजमा लगाउने ब्लाउज सिलाउन तिजको बिहान टेलरमा आएकि रैछिन्, त्यहि समयमा उनकि जेठानीले उनका श्रीमानसँग खै के के कुरा गरीछन् र त्यहि कुराको आधार बनाएर झगडा परेको रैछ ।
रक्सीले मातेका श्रीमानले दिएको मानसिक र शारीरिक पिडाले समयसमयमा फोनमै रोईरहेकि थिईन्, दिदि । वर्षदिनमा एकदिन आउने तिजमा पनि माईत जान दिएनछन्, श्रीमानले । दिदिले फोनमा कुरा गर्दै थिईन्, गाडिवालाले गाडि हिड्न लागेको संकेत गरे । उनले पनि कुरा सक्ने तरखर गर्दै थिईन् ।
म घण्टाघर चोकमा बसबाट ओलिन्छु, तपाई त्यहि आएर बस्नुहोला पुसाजु भन्दै आसुले भरीएको अनुहार पुस्दै थिईन् दिदि । उनका यी व्यथा भरीएका वाक्यहरु सुन्दा त साच्चीकै पुरुषहरु पापि नै हुन जस्तो लाग्थ्यो । तर फेरी मनले सोच्थ्यो, सबै पृुरुषहरु त त्यस्ता कहाँ हुन्छन र ? करीब १० मिनेट रोकिएपछि बस छेडाबाट हिड्यो । दिदिका आखाँबाट आसुका थोपा बग्न रोकिएका थिएनन् । तर पनि म अब त पक्कै पनि केहि बोल्नुपर्छ भन्ने सोचे, तर आफैत रोईरहेकि ति दिदिलाई थप पिडा नदिउ कि भन्ने पनि लाग्यो तर कहिलेकाहि पिडाहरु सुनाउँदा पनि कम हुन्छ भन्ने लागेर सोध्ने आँट गर्दै थिए म ।
त्यतिकैमा दिदिले ऐया ऐया गर्न थालीन् । विचरी दिदि पिडा आफै पोख्न थालीन् । उनी श्रीमानले कुटेर शरीर भरी भएका निलडामहरु देखाउँदै भनिन्, तिजमा माईत जानत दिएन दिएन, तिजकै दिनमा म माथी यति ठुलो अपराध गर्र्यो ।
घरमा भएका छोराछोरीलाई सम्झीदै दिदिले भनिन् उनीहरुले के खाए होलान्, के गर्दै होलान् । हे भगवान् अर्को जुनिमा महिला भएर जन्मनु नपरोस् । दिदिका यी कहालीलाग्दा वाक्यहरु सुन्दा पनि कताकता मुटु दुखेर आउथ्यो । बिहानै ब्लाउज लिन गएकि दिदि घरमा आएर खाना खाने सुरसार गर्दै गर्दा आफ्नै श्रीमानबाट यसरी निर्घात रुपमा कुटिईछिन् । बडा पीर लागेर आयो ।
कठै विचरा, कस्तो श्रीमान रैछ भन्ने बाहेक मसँग अरु कुनै शब्द नै भएन । त्यसपछि म उनले अब आफ्ना पिडा पोख्न बन्द गरे हुन्थ्यो, भन्ने सोचिरहेको थिए । उनले पोखेका यी पिडाहरु सुन्न बसका सबै यात्रु चुपचाप लागीरहेका थिए । बोल्दाबोल्दै दिदिले ऐयाऐया भनिरहन्थीन् । त्यसपछि मैले उनको शरीरको सबै ठाउँमा नियाले, दाहिने हात अलिक सुन्निएको जस्तो देखिन्थ्यो । पाखुराभरी निलडाम देखिन्थे ।
वीरेन्द्रनगर आईपुग्नै थालीएछ । दिदिका पिडाहरु सुनाएर अझै सकिएकै छैनन् । विचरी दिदि अब कता जालीन भन्ने कुराले मनमा डेरा जमाईरह्यो । तिज दिनमा एउटि महिला यसरी श्रीमानबाट कुटिईन तर कसैले देखेन । कठ्ठै भन्दिने । आफ्ना श्रीमानले नै यसरी कुटे भने त अरु कसले सुन्दिने ति दिदिको पिडा । दिदिका पिडा सुन्दासुन्दै वीरेन्द्रनगर आईपुगियो ।
दिदिले अलिक हल्का महशुस गरेजस्तै गरीन् । पुसाजुले लिन आउने भनेपनि म कसैको भार बन्दैछु जस्तो सोच्दीरैछिन् उनी । भन्थिन अब त्यसको घर फर्केर जान नपरे हुन्थ्यो । उनका श्रीमानले यसपाली मात्रै नभएर यसअघि पनि पटकपटक कुट्दा रैछन् । तिजको भोलिपल्ट मनलाई भारी बनाएर हिडेको देख्दा जो कसैको पनि मन दुख्ने नै भयो । ति पनि एउटि नारी उनलाई पनि आएको थियो तिज ।
मनमा यी कुराहरु सोच्दा सोच्दै बसबाट ओर्लिने ठाउँ पनि आएछ मेरो । म बसबाट ओर्लिय तर मेरो मनमा ति दिदिका पिडा र शरीरका निलडामहरु झल्किरहेका थिए । र फेरी एकपटक भन्न मन लाग्यो, तिजका दिनमा महिलाहरु श्रीमानको आयुको लागि व्रत बस्छन्, तर महिलाले श्रीमानबाट उपहारको रुपमा अनायासै कुटिन्छन् । तिजको भोलिपल्ट मै जे देख्नुपर्यो आउँदा दिनमा यस्ता घटना कहिल्यै पनि देख्नुनपरोस । र अन्तीममा फेरी भन्न चाहान्छु ति दिदिले न्याय पाउन ।