२०८१, १ चैत्र शनिबार

भ्रममा नपरी एकताको पक्षमा उभिन पूर्व मन्त्री जनार्दन शर्माको अपिल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद लम्बिँदै गइरहेका बेला स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री जनार्दन शर्माले पार्टी एकताका पक्षमा दृढतापूर्वक उभिन सबैलाई अपिल गरेका छन् ।

सोमवार बिहान सामाजिक सञ्जाल फेसबूकमा स्टेटस लेख्दै नेता शर्माले पार्टी एकताबाट केही व्यक्ति मर्माहत र आतंकित भएको संकेत गरेका छन् ।


उनले लेखेका छन्, ‘पार्टी एकताबाट मर्माहत प्रवृत्ति । पार्टी एकता बच्ला कि भन्ने आतंकबाट उद्देलित भएर दुस्प्रचार गरिरहेको कुराप्रति भ्रममा नपरी पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन अपिल गर्दछु । कुनै पद प्राप्तिको लोभ विना पार्टी आन्दोलनको रक्षा गर्न दृढतापूर्वक लागेको कुरा प्रस्ट पार्दछु ।’

अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल लगायत नेताबीच विवादमा सहमति नहुँदा स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ ।