२०८१, ३० आश्विन बुधबार

१२ जना कोरोना संत्रमित थपिए,१३ डिस्चार्ज

कर्णाली प्रदेशमा बिहिबार १२ जना कोरोना संक्रमित थपिएका छन भने १३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका २ जना, सुर्खेत र जाजरकोटका १÷१ जना गरि ५ जनामा कोरोना संक्रमण देखिएको छ भने दैलेख जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखकै ५ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।
त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा मुगुका १ जना र रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा रुकुपश्चिमको १ जनामा गरि जम्मा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको डा. तिवारीले जानकारी दिए ।
कर्णालीमो योसँगै कोरोना पुष्टी हुनेको संख्या १७२६ पुगेको छ ।
कर्णालीमा बिहिबार १३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । सल्यान वनगाड कुपिण्डे नगरपालिकाको आइसोलेनसनबाट ९ जना, दैलेख अस्पताल १ जना, दैलेखकै महावु गाउँपालिकाको आइसोलेसनबाट २ जना र कर्णाली प्रदेश अस्पतालबाट १ जना गरि १३ जना डिस्चार्ज भएको डा. तिवारीले बताए । ‘हाल कर्णालीमा कोरोना संक्रमण जित्नेको संख्या १४८८ पुगेको छ ।’ उनले भने,‘संक्रिय संक्रमितको संख्या २३२ जनामा रहेको छ ।’