वीरेन्द्रनगरमा आइपुग्यो सलहको झुन्ड
सुर्खेत ।
कृषिबालीका लागि खतरनाक कीरा ‘सलह’ सुर्खेतको वीरेन्द्रनगरमा प्रवेश गरेको छ । आजै यो किरा वीरेन्द्रनगरमा प्रवेश गरेको हो । सलह आइपुगेपछि त्यसलाई भगाउनका लागि किसानहरुले आगो बालेर थाल बजाएर सलह भगाउने कोसिस गरिरहेका छन् । सारा किसानहरु यतिबेला खेतबारीमा निस्केका छन् । वीरेन्द्रनगरको आकाशमा लाखौको संख्यामा सहल उडिरहेका छन् । यतिबेला चोक–चोकमा आगो बालेका कारण वीरेन्द्रनगरका गाउँहरु धुवाँमय बनेका छन् ।
अफ्रिकाबाट फैलिन शुरू भएको सलह कीरा मध्यपूर्वबाट पाकिस्तान हुँदै भारतमा आइपुगेको थियो । ठूलो समूह र लामो दूरीमा उड्ने सलहले हरियो बोटबिरूवा पूरै नष्ट पार्ने गर्दछ । भारतमा यसले कृषिबालीमा निकै ठूलो क्षति पु¥याएको छ । सलहको बथान भारत हुँदै नेपाल प्रवेश गरे कृषिबालीमा ठूलो क्षति पु¥याउने गर्दछ ।