२०८३, १७ असार बुधबार

सल्यानमा छोरीको बलात्कार गरेको आरोपमा बाबु प्रहरी नियन्त्रणमा

सुर्खेत, १७ जेठ ।
सल्यान जिल्लाको शारदा नगरपालिका १२ का एक व्यक्ति आफ्नै १३ वर्षीया छोरी बलात्कारको आरोपमा पक्राउ परेका छन् । शारदा नगरपालिका–१२ का ३९ वर्षीय पुरुषले आफ्नै १३ वर्षीया छोरीलाई करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । ‘१३ वर्षीया छोरीलाई बैशाखको पहिलो साता देखि असारको पहिलो सातासम्म बलात्कार गर्दै आइरहेको सूचना हामीकहाँ आएको थियो ।’ उनले भने, ‘बालिकाको जाहेरीका आधारमा उनलाई हामीले नियन्त्रणमा लिएका छौं । बालिका उनका संरक्षक सँगै छन् ।’

पक्राउ परेका व्यक्तिविरुद्ध जबर्जस्ती करणी तथा हाडनाता करणी सम्बन्धि मुद्दा दर्ता गरिएको छ । उनलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको खतिवडाले जानकारी दिए ।