२०८१, २१ बैशाख शुक्रबार

कोरोना संक्रमित बढेको बढ्यै कर्णालीमा, दैलेख अघिअघि, सुर्खेत पछि पछि

सुर्खेत, १० असार ।
कर्णाली प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या निरन्तर बढदै गएको छ भने असपतालबाट डिस्चार्ज हुनेको संख्या पनि निरन्तर बढिरहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बुधबार कर्णालीमा २८ जनामा कोरोना पुष्टि भएसँगै १३३५ जनामा कोरोना पुष्टि कर्णालीमा भइसकेको छ । यस्तै दैलेखको भगवतीमाई आइसोलेसन सेन्टरबाट चार जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट उक जना, गुटु आइसोलेसन सेन्टर सुर्खेतबाट १ जना, सालकोट आइसोलेसन सेन्टरबाट एक जना र कोटडाँडा आइसोलेसन सेन्टरबाट एक जना गरी ८ जना कोरोनाबाट निको भइ घर फर्किएका छन् । यो सँगै कर्णालीमा कोरोना जित्नेहरुको संख्या पाँच सय पैसट्ठी पुगेको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए । हाल आइसोलेसनमा बसेर ७७० जनाले उपचार गराइरहेका छन् ।
उनका अनुसार कर्णालीमा कोरोना संक्रमणबाट कर्णालीमा मृत्यू भएकाको संख्या पाँच पुगेको छ ।
दैलेख अघिअघि, सुर्खेत पछिपछि
कोरोना संक्रमितहुने हरुमा कर्णालीका दश जिल्लामा दैलेख सबैभन्दा अगाडी रहेको छ भने सुर्खेतले दैलेखकै बाटो पछ्याइरहेको छ । दैलेखमा हालसम्म ७३६ जना कोरोना संक्रमित पुष्टि भइसकेको छ भने सुर्खेतमा तीन सय पन्ध्र जनामा कोरोना देखिएको हो । तेश्रो नम्बरमा सल्यान रहेको छ । सल्यानमा १७३ जनामा कोरोना देखिँदा कालिकोटमा ४४ जनामा कोरोना देखिएको हो । जुम्लामा २८, अन्य प्रदेशका २२, हुम्लाका दुइ, मुगुका दुइ, डोल्पाका एक, जाजरकोटका ११ र रुकुम पश्चिमका एक जनामा कोरोना पुष्टि भएको छ । अन्य प्रदेशका अछामका १० जना, बझांगका १ जना, बाजुराका एक जना, गोरखा एक, दोलखाका एक, रामेछाप, काठमाडौं, दांग, रुपन्देही, सप्तरी, ताप्लेजुंग र उदयपुरका एक एक जनामा कोरोना देखिएको हो । उनका अनुसार कर्णालीमा १२१७ जना पुरुषमा कोरोना देखिएको छ भने ११८ जना महिलामा कोरोना देखिएको हो ।