सुर्खेतमा मानवअधिकार हननका घटना बढेसँगै अनुगमन समिति गठन
सुर्खेत, ६ बैशाख ।
जिल्लामा सरकारी निकाय अर्थात प्रहरीबाट नागरिक अधिकार हनन भइरहेको समाचार निरन्तर आउन थालेपछि सुर्खेतका अधिकारकर्मीहरुले एक समिति गठन गरेका छन् । शनिबार नेपाल वार एशोसियसन सुर्खेतका अध्यक्ष नन्द भण्डारीको अध्यक्षतामा बसेको बैठकले पाँच सदस्यीय समिति गठन गरेको नेपाल पत्रकार महासंघ सुर्खेतका शाखा अध्यक्ष गणेशकञ्चन भारतीले जानकारी दिए । ‘विश्वव्यापी कोभिड १९ को सम्वनधमा जिल्लामा जिल्ला स्तरीय मानवअधिकार अवस्था अनुगमन समिति गठन गरेका छौं ।’ उनलृ भने, ‘बैठकमा मेरो, वार अध्यक्ष र गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष घनश्याम केसीको सहभागिता थियो । बैठकले अधिकारकर्मी खिमबहादुर रेग्मी र अधिवक्ता रमा प्याकुरेललाई सदस्यमा मनोनित गरिएको छ ।’ उनका अनुसार समितिले विभिन्न दश कार्यको अनुगमन गर्ने भएको छ ।
जसमा कोभिड १९ को सन्दर्भमा जिल्लाबाट भइरहेको सरकारको कामको अवस्था, जीवनको अधिकार, विरामीको उपचार, स्वास्थ्य सामाग्री औषधीको उपलब्धता, सरकारी तथा नीजि स्वास्थ्य संस्थाको भूमिका, कोरोना सम्वन्धि क्रियाकलापहरु, विपन्न वर्गको जीवन यापन, राहत वितरण, र उपभोक्ताको धिकार, नागरिकको न्याय प्रशासनमा पहुँच, आवतजावतमा परेको समस्या, सिमामा पुगेका जिल्ला वासीको समस्या, सञ्चारमाध्यमको भूमिका, सामाजिक सञ्जालको प्रयोग, अभिव्यक्ति स्वतन्त्रता, नागरिक कर्तब्य र सचेतना, नागरिक समाज र मानवअधिकारकर्मीको भूमिका, कोभिड १९ र लकडाउनका कारण प्रभावित अन्य अधिकारको अवस्थाबारेमा अनुगमन गर्ने तथा रिर्पोटिंग गर्ने बताइएको छ ।
