२०८१, १ कार्तिक बिहीबार

ज्ञानु म्याडम, बालबालिका र हाम्रो नियति

जितबहादुर शाह

कक्षामा पदम अलि फरक छन् । त्यो कुरा उनलाई जानकारी नभए पनि उनका साथीहरुले महसुस गरेका छन् । उनी यसकारण फरक छन कि उनको पृष्ठभूमि र धरातल फरक छ । उनी सुर्खेतको प्राथमिक विद्यालय, पदमपुरमा यो शैक्षिक सत्रमा मात्रै कक्षा ३ मा अध्ययन गर्न आएका हुन । यो भन्दा पहिले उनी जाजरकोटको दुर्गम जुनीचाँदे गाउपालिकाको प्राथमिक विद्यालयमा अध्ययन गर्थे । पदमले अध्ययन गरेको जाजरकोटको विद्यालयमा कसैले कसैलाई पनि तिमी र तँ भन्दा बेसी आदर हुने गरी बोल्न जानेका थिएनन् ।

 

यह ा ँसम्मक ी विद्यार्थीहरुले शिक्षकहरुलाई समेत तपाई÷हजूर भनेनन् । त्यसैले पदम सुर्खेतको विद्यालयमा आएर पनि शिक्षकलाई तपाई÷हजूर भन्न जानेका छैनन र शिक्षकहरुलाई तिमी भनेर बोलाउछन् । एक दिन यो कुरा विद्यार्थीहरुले प्र.अ. ज्ञानु गैरेलाई लगाइदिन्छन् – ‘म्याडम, पदमले त तपाईहरुलाई पनि तिमी भनेर बोलाउछ । ‘सर आए’ भन्छ । ‘म्याडम आइन्’ भन्छ ।’ यो कुरा सुनेर प्र.अ.ज्ञानु गैरेको पदम प्रति ध्यानाकर्षण बढ्यो । पदम प्रति आक्रोश होइन कि आत्मीयता बढ्यो । पदमको पढाइको स्तर पनि कक्षामा अरुको भन्दा कमजोर देखियो । कारण खोतल्दै जाँदा पदमकै भनाइको सार अनुसार पढाइ कमजोर हुनुको कथा यस्तो थियो – ‘हामीलाई सर म्याडमहरुले कहिल्यै पनि पढाएनन् । पढ पढ मात्रै भने । आफूहरुले भने मोवाइल चलाएर समय विताए । मोवाइलमा के के हेर्दै कहिले हाँसे त कहिले गम्भीर भए । उनिहरु हामीसँग भने न कहिले हाँसे न त गम्भीर नै भए ।’ पदमलाई पदमपुर विद्यालयमा आएपछि बेलाबेलामा घण्टी बजेको पनि अनौठो लाग्यो । घण्टी पिच्छे सर र म्याडमहरु पनि फेरिएर पढाउन आएको पनि अनौठो लाग्यो । उसको पहिलेको विद्यालयमा दुइपटक मात्र घण्टी बज्थ्यो । प्रार्थनाको समय र विदा हुदाको समय ।

कहिलेकाही हाफटाइमको समयमा पनि घण्टी बज्थ्यो । त्यो भन्दा अरु बेला उसको पुरानो विद्यालयमा घण्टी बजेको सम्झना छैन पदमलाई । पदमका कुरा सुनेर प्र.अ. ज्ञानु गैरैको दिन प्रति दिन उप्रतिको आत्मीयता र सद्भावनाको सागर झनझन गहिरिदै गयो । पदमप्रति सकारात्मक हुँदै प्रेरणाका पुञ्जहरुले उसलाई स्वागत गर्न थालेपछि पदम पनि हौसिदै गयो । राम्रोसँग अक्षर लेख्न र पढ्न पनि नजान्ने पदमले एकाध महिना नहुँदै प्र.अ.ज्ञानु म्याडमसँग ‘मैले पनि लेख्न पढ्न जानें म्याडम’ भनेर खुशीको खवर सुनाउन थाल्यो । प्र.अ. ज्ञानु गैरेको मन पनि उसको तीव्र गतिको सफलता देखेर खुशी र आनन्दित हुदै गयो । त्यसो त ज्ञानु म्याडमको स्वभाव नै त्यस्तै छ, बालबालिका खुशी भए पछि सारा दुःख र पीडाहरु भुल्ने । बालबालिकाको खुशी र सफलतामा आफ्नो खुशी र सफलता देख्ने । विधाताले बालबालिकाकै खुशी निर्माण गर्दै र उनीहरुकै खुशीमा रमाउनु आफू पनि रमाउनु भनेर पठाएको जस्तै । ज्ञानु म्याडम हिजोआज आफ्नो सेवाक्षेत्र वरिपरि अध्ययनलाई अधुरो बनाउने निर्णयमा पुगेका कतिपय विपन्न र टुहुरा बालबालिकाको निम्ति सहारा भएकी छिन् । कतिका निम्ति दाता खोज्दै उनीहरुको अध्ययनलाई सहज र नियमित बनाएकी छिन् । कतिपयका निम्ति अभिभावक खोजिदिएर टुहुरा बालबालिकाका निम्ति जन्म दिने अभिभावक नभए पनि कर्मदिने अभिभावकको ब्यवस्था गरिदिएकी छिन् । विपन्न परिवारकी एकजना हुम्ला घर भएकी नानीलाई त छोरीको रुपमा घरमै राखेर छोरीकै माया र अधिकार दिदै पढाइरहेकी छिन ज्ञानु म्याडमले । विविशा नाम गरेकी उक्त बालिकाले जन्मघर र जन्मदिने बाबा आमालाई विर्सन थालिसकेकी छिन् । तिमी हुम्लाको घरमा कहिले जान्छ्यौ भन्दा उनको जवाफ हुन्छ – ‘जाँदिन । सवै कुरा यही भए पछि किन जानु प¥यो हुम्लाको घरमा ? गए पनि पढाइसकेर पछि जान्छु ।’ विविशाको निम्ति मात्रै होइन, ज्ञानु म्याडमले सवैसँगबाट चन्दा सहयोग माग्दै प्राप्त भएको रकमबाट विपन्न बालबालिकाका निम्ति शैक्षिक सामग्री र पोशाकको समेत व्यवस्था गर्न सफल भएकी छिन् ।

उनका यस्तै कर्मले रुझेको विरालाको अवस्थामा पुगेको विद्यालय आजभोली नौरब्गी डाँफै झै देखिने गरी परिवर्तन भएको छ । अभिभावकको अनुहार देख्न गाह्रो हुने विद्यालयमा आजभोली अभिभावकको सहभागिता र उपस्थिति पनि त्यत्तिकै बढ्दो छ । विद्यार्थीहरुको उपस्थिति, नियमितता र उपस्थितिमा समेत बढोत्तरी भएको छ । विद्यालय व्यवस्थापन समिति समेत त्यत्तिकै सक्रिय भएको छ । बीरेन्द्रनगरमा मै हुँ भन्ने विद्यालयहरुको बीचमा समेत आफ्नो तहमा आफ्नो विद्यालयलाई अब्वल भनेर चिनाउन सफल भएकी छिन् ज्ञानु म्याडम । बालबालिकाको समुन्नति र विकासमा ज्ञानु र ज्ञानुजस्ता केही शिक्षक र प्र.अ.हरु सक्रिय नभएका होइनन् । केही संघसंस्थाहरु पनि बालबालिकाको समुन्नतिका निम्ति क्रियाशील नभएका होइनन् ।

तथापि नतिजा देशले सोचे जस्तो देखिन सकेको छैन । वातावरण बालबालिकाले अपेक्षा गरेजस्तो हुन सकेको छैन । अहिले पनि बालबालिकाहरु ओझेलमै छन् । किनभने उनीहरु शक्तिहिन छन् । उनीहरुले अहिले कसैलाई केही गर्न सक्दैनन् । उनिहरुप्रति कसैले चासो देखाएको अवस्था पनि छैन । उनिहरुका निम्ति कसैले कुनै असरदार कार्यक्रम ल्याएको पनि देखिदैन । भविष्यका लागि जे गर्छन् तिनै बालवालिकाले नै गर्छन भन्ने कुरामा कसैको पनि दुइमत छैन । हामी भने आजलाई हेर्ने गर्छौ । अरुले भोलिलाई समेत हेर्ने गर्छन । कहिलेकाही त भन्न मन लाग्छ हामी मान्छे भन्दा बढि पशु परेछौं । किनभने पशुले पछिको कुरा थाहा पाउदैन । अरुहरु पशुभन्दा बढि मान्छे भएछन्, त्यसैले अरुको तुलनामा बालबालिकाको क्षेत्रमा बढी लगानी गर्ने भएछन् उनीहरु । अहिले त यो मुलुकमा अनगिन्ति सरकारहरु छन् । कुनै न कुनै सरकारले बालबालिकाको क्षेत्रमा केही न केही त गर्छन होला भन्ने लागेको थियो ।

बालबालिकाका निम्ति बजेट र कार्यक्रम छुट्याउनै पर्ने बाध्यात्मक ब्यवस्थाका कारण केहीले अलि अलि किस्ताबन्दीमा गरेको देखिएको छ । उल्लेख्य कसैको पनि देखिएन । आफ्नो भूगोलभित्रका बाबाआमा र अभिभावक नभएका टुहुरा र विपन्न बालबालिकाको अभिभावकको भूमिका हामी निर्वाह गर्दछौं भन्ने आँट सातसय एकसट्ठी सरकार मध्ये कसैको पनि भएन । संविधानमा आधारभूत तहसम्म निःशुल्क र अनिवार्य शिक्षा भनेपनि सारभूत रुपमा शिक्षालाई अनिवार्य र निःशुल्क पनि कसैले गर्न सकेनन् । मासिक शुल्क र पाठ्यपुस्तकको रकम तिर्न नपर्ने र अरु सवै तिर्न पर्नेलाई निःशुल्क शिक्षाको रुपमा ब्याख्या गरियो । त्यो पनि पदमले अध्ययन गरेको जाजरकोटको विद्यालयको जस्तो शिक्षालाई निःशुल्क गरेको देखियो । जुन शिक्षा लिनु भन्दा नलिनु मै बढि हितकर देखिन्छ विद्यार्थीहरुका लागि । अहिले पनि विद्यालय उमेरका बालबालिकाहरु सडक पेटीमा भेटिन्छन् । होटल र पसलहरुमा काम गरिरहेका भेटिन्छन् ।

कोही गाडीहरुका खलासीको रुपमा त कोही गाडी मर्मत गर्ने ग्यारेजहरुमा मजदूरीको रुपमा काम गरिरहेका भेटिन्छन् । हाम्रोमा त जन्मदिने अभिभावकहरुले नै बालबालिकालाई दुःख, पीडा र सास्ती दिने काम गरिरहेका छन् । जन्मदिने अभिभावकले समेत विभिन्न वहानामा मरन्नासन्न हुने गरी बालबालिकाहरुलाई कुटपिट र यातना दिएका घटनाहरु यत्रतत्र सर्वत्र देख्न र सुन्न पाइन्छ । उनीहरुलाई देखेर ज्ञानु म्याडम लगायतका एकाध मानिसहरुको दिल दुखेपनि कुनै पनि सरकारको मन र मुटुलाई भने कत्ति पनि छुदैन र दुख्दैन पनि । सिंहदरबारको अनुभूति घरघरमा दिन कम्मर कसेका सरकारहरु यत्रतत्र भए पनि उनिहरुको बारेमा सोच्ने सरकारको भने अनिकाल नै देखिएको छ । कानूनी राज्यले आफ्ना नागरिकलाई प्रवाह गर्ने सेवा र सुविधाहरुको विषयमा राष्ट्रियस्तरमा नीति, नियम र कानून बनाइ लागू गरेको हुन्छ । अ न् त र्र ा िष् ट « य स् त र म ा सन्धीसम्झौताहरुमा हस्ताक्षर गरी प्रतिबद्धताहरु जाहेर गर्दछन् । हाम्रो मुलुकले पनि बालअधिकारको संरक्षण, सम्बर्धन र विक ासक ा लागि बालअ धिक ा र स म्बन्धी सन्धी सम्झौताहरुमा हस्ताक्षर गरेको छ । हस्ताक्षर गरेको समेत तीन दशक पुगिसकेको छ । तथापि कानूनको कार्यान्वयन गर्ने कसैलाई पनि चासो छैन । बालबालिकाका बाँच्न पाउने, सुरक्षित हुन पाउने, विकास हुने र सहभागी हुने जस्ता आधारभूत बालअधिकारहरु पनि सुरक्षित भएको प्रत्याभूति गर्न सकिएको अवस्था छैन ।

शिक्षा र स्वास् थ्यक ा अधिकारहरु सवै भन्दा बढि कुण्ठित भएको अवस्था छ । भोलिको यो देशलाई काँधमा बोक्नेहरुको विषयमा आज सोच्न सकिएन र आज तिनै ब्यक्तिहरु सवैभन्दा बढि पीडित हुने हो भने सहजै अनुमान गर्न सकिन्छ कि भोलिको यो देशको अवस्था झन कति भयावह र दर्दनाक होला । पत्रपत्रिकाहरुमा खवर आउछ, सरकारले बालविवाह न्यूनिकरण गर्न पुरोहितहरुलाई तालिम दिदैछ । मलाइ अचम्मै लाग्छ । समस्या एउटा छ, समाधान भने अर्कै निस्कन्छ । हाम्रो जीवन कसरी सुखी र समृद्ध बनाउन सकिन्छ भन्ने बारेमा शिक्षा दिन सक्नु पथ्र्यो । यसका लागि विद्यालयमा गएर घाम ताप्ने र धूलोसँग खेल्ने शिक्षा होइन कि जीवन जिउन काम लाग्ने शिक्षा दिनु पथ्र्यो । त्यो गर्न सकेको भए बालविवाह त घट्थ्यो नै ।

त्यो मात्र नभएर समाजमा ब्याप्त गरिवि, अन्धविश्वास, उत्पीडन, अशिक्षा, रुढिग्रस्त चिन्तन आदि समेत एकैसाथ हट्दै र घट्दै जान्थ्यो । त्यतिमात्र नभइ समाजबाट अनाचार, दूराचार र ब्यभिचार पनि हट्दै र घट्दै जान्थे । अनि क्रमशः समुन्नति र समृद्धिका आभाहरु गाउ र वस्तिहरुमा विस्तार हुन्थे । तथापि हाम्रो विडम्बना भनेको हामी बुझेर पनि बुझ पचाइरहेका छन् । शिक्षाको महत्वको बारेमा घण्टौं प्रवचन दिन सकनेहरु नै शिक्षालाई नाक खुम्च्याएर हेयको दृष्टिको हेरिरहेका छौं । हाम्रो दृष्टि सधैं यस्तै भइरहने हो भने हामीले समस्या समाधानका लागि गर्ने कार्यहरु टाउको दुखेको ओखती नाइटोमा लाएको भन्दा फरक नतिजा पाइन्छ जस्तो लाग्दैन । सवैलाई चेतना भया ।