२०८१, ३० आश्विन बुधबार

सेनाद्वारा मारिएका बासपानी पीडितले भने: ‘१० वर्षमा न न्याय पायौ, न क्षतिपूर्ति’


सुर्खेत। पश्चिम सुर्खेतको बराहताल गाउँपालिका वडा नं. १ की शान्ता सुनार अहिले २५ वर्षकी भएकी छिन् । उनी पन्ध्र वर्षकी छँदा उनले आफ्नी आमा र बहिनी गुमाउनु परेको थियो । उनकी आमा र बहिनी गुम्नुको कारण जडीबूटी सब्कलन गर्न जंगल जानु र नेपाली सेनाको गोलीका कारण थियो । ‘‘उतिबेला हामी सानै थियाँै ।
बुवा, आमा र म भन्दा कान्छी बहिनी गाउँका अंकलसँगै काउलो निकाल्न बर्दिया राष्ट्रिय निकुञ्ज र सुर्खेत जिल्लाको सीमानामा पर्ने बाँसपानी भन्ने ठाउँमा बास बसेको बेला बुवा तुलबहादुर सुनार उर्फ कृष्णबहादुर सुनारलाई सेनाले नियन्त्रणमा लिएको थियो भने आमा र बहिनीको गोली हानेर हत्या गरेको थियो ।’’ गहभरि आँशु बनाउँदै शान्तिले भनिन्, ‘‘१३ वर्षकी बहिनी र आमा बित्दा चार दिनसम्म पनि मैले खाना खान सकिन । ज्वाला दल गणको गोलीको निशाना हामी जस्तो जंगलको जडीबूटी खोजेर बिक्री गर्दै ज्यान पाल्नेमाथि प¥यो ।’’ २०६६ साल फागुन २६ गते बर्दिया राष्ट्रिय निकुञ्ज र सुर्खेत जिल्लाको सीमानामा पर्ने बाँसपानी भन्ने स्थानमा साँझ गोली हानी सेनाले हत्या गरेको उनको भनाइ छ ।

‘‘तीन भाइ, तीन बहिनीमा म जेठी हुँ ।’’ उनले भनिन्, ‘‘मैले आमाको हत्या भएकै कारण बालविवाह गर्नुप¥यो । अध्ययन गर्न पाएन । बाँचेका अन्य चार भाइ बहिनीको अवस्था पनि त्यस्तै भयो । एक भाइ भारत गएको थियो, ऊ अहिलेसम्म फर्केर आएको छैन । बुवा कामका लागि भारत जानु भएको छ ।’’ उनी भन्छिन्, ‘‘अब हाम्रा लागि कसले न्याय देला ? बाह्र वर्षमा खोलो फर्केर आउँछ भन्ने सुनेका थियौँ, दश वर्ष त पुग्यो, अझै दुई वर्ष कुर्नुपर्ने हो की ?’’ उनले राज्यकै गोलीले अनाहकमा आफूहरु पीडित बनेको बताउँदै राज्यले आफूहरुलाई न्याय दिनेमा आशावादी बनिरहेको बताइन् । गणका उपसेनानी सुबोध कुँवरको कमाण्डमा गएको गस्तीले तुलबहादुर उर्फ कृष्णबहादुर सुनारकी १३ वर्षीया छोरी चन्द्रकला, ३५ वर्षीया श्रीमती देवीसरा सुनार, रत्नबहादुर सुनारकी २९ वर्षीया श्रीमती अमृता सुनारको गोली हानी हत्या गरिएको मृतक अमृताका श्रीमान् रत्नबहादुर सुनारले जानकारी दिए ।

‘‘हामी घरबाट सधैँ जडीबूटी काउलो काढ्न त्यहाँ जान्थ्यौँ ।’’ दश वर्ष अघिको उक्त घटनाका प्रत्यक्षदर्शी रत्नले भने, ‘‘उक्त दिन घर फर्कन ढिला भयो । जंगलमा पर्याप्त पानी नभएका कारण निकुञ्जको सीमानामा पानी थियो । त्यही खाना बनाएर खायौँ । खाना खाएको केही समयपछि साँझ ८ बजेतिर सेनाले गोली चलायो । हामी आठ जना थियौं तिमध्ये चार जना भाग्यौँ । भागेको बीस मिनेटपछि श्रीमती र छोरी चिच्याइरहेको सुनेका थियौँ, डरका कारण घटनास्थलमा पुग्न सकेनौँ । चिच्याएको सुनेपछि जीवितै होलान् भनेर हामी लुक्यौं । कृष्णबहादुर सुनारलाई जिउँदो राखेछन् । तीन जनालाई भोलिपल्ट बिहान गोली हानी मा रेछन् ।’’ उनले आफूहरुलाई चोरी सिकार गर्न आएको आरोप सेनाले लगाएको स्मरण गरे । ‘‘महिला अनि ति अबोध बालिका कसरी चोरी सिकारी भइन् ?’’ उनले भने, ‘‘कृष्णलाई भरुवा बन्दुक बोकाएर चोरी सिकारीका कारण गोली हानिएको भन्ने कुरा मुचुल्कामा लेखिएको रहेछ ।

मृतकको गुलरिया अस्पतालमा पोस्टमार्टम गर ेपनि हामीलाई रिपोर्ट देखाइएन । दिइएन ।’’ उनले कृष्णलाई अलग स्थानमा राखेको र महिलाहरु अलग स्थानमा राखेको हुँदा बलात्कार पछि मारिएको हुन सक्ने आशंका व्यक्त गरे । ‘‘कृष्ण सुनारलाई अलग्गै राखिएको रहेछ ठाकुरद्वार बर्दियामा ।’’ उनले भने, ‘‘महिला तथा बालिकालाई भोलिपल्ट बिहान गोली हानी हत्या गरिएको हुन सक्छ । राती महिलामाथि के–के गरे हामीलाई थाहा नै भएन ।’’ उनले सेनाले आरोप लगाएजस्तो आफूहरुसँग बन्दुक नभएको बताए । ‘‘हामी सधैँ सिजनमा जडीबूटी काउलो लिन जान्थ्यौँ । पहिलेदेखि नै जाने भएका कारण सेनाले हामीलाई गोली नै हान्ला जस्तो लागेको थिएन ।’’ उनले भने, ‘‘हामीसँग काउलो काढ्ने बसुल्ला र दुई थान हँसियाबाहेक अरु केही हतियार थिएन ।’’ उनले राज्यबाट आफू पीडित भएको बताउँदै अहिलेसम्म न्याय पाइएको न राहत नै पाइएको गुनासो गरे । ‘‘हाम्रो आर्थिक अवस्था दयनीय छ ।

माथिसम्म हाम्रो पहुँच नै छैन ।’’ उनले भने, ‘‘सर्वोच्च अदालतमा अहिलेसम्म मुद्दा चलिरहेको छ फैसला आउन ढिलाइ भएको छ । हत्या गर्नेहरु विन्दास घुमिरहेका छन् । यस्तो अवस्थामा हामी न्याय माग्न कहाँ जाउँ ?’’ समयमै न्याय नपाएका कारण पत्रकारसँग आएको बताउँदै पीडित रत्नबहादुर सुनारले गरिब दीनदुःखीले कहिलेसम्म न्याय नपाउने, कहिलेसम्म आफन्त गुमाइरहने भन्दै राज्यसँग प्रश्न गरे । उनले मुद्दा राष्ट्रियकरण भएपछि मानवअधिक ा रवादी स ंघस ं स्था, सामाजिक संघसंस्थाहरुको सहयोगमा सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिएको आफूले थाहा पाएको बताए । ‘‘उतिबेला हा मीले कि िरया खर्चबापत् निकुञ्जबाट किरिया खर्च प्रति मृतक एक लाख बापत् भन्दै तीन लाख रुपैयाँ मात्रै पाएका थियौँ ।’’ उनले भने, ‘‘हामीलाई निकुञ्जमा सेनाले जागिर लगाइदिने आश्वासन पनि दिएको थियो । छोराछोरीलाई निःशुल्क पढाइदिने प्रतिबद्धता जनाएको थिया े । त र एक पनि सहमति कार्यान्वयन भएको छैन ।

पीडितलाई थप पीडा दिने काम भएको छ ।’’ उनले न्याय पाउन ढिलाई भएको बताउँदै सम्मानित अदालतमा प्रमाण लिखतहरु पेश गर्ने मौका आफूहरुले पाउनुपर्ने माग गरे । मृतक देवीसरा सुनारकी बुहारी रजनी सुनारले राज्यले आफूहरुलाई सेनाद्वारा… न्याय दिनुपर्नेमा जा ेड दिइन् । ‘‘हामीलाई पीडा दिने, हाम्रा आफन्तको हत्या गर्नेलाई कानून बमोजिम दण्ड र सजाय दिनुपर्छ ।’’ उनले भनिन्, ‘‘अनि हामीलाई क्षतिपूर्तिका े व्यवस्था गरिनुपर्छ ।’’ दश वर्षसम्म आफूले न्याय नपाएको बताउँदै उनले प्रश्न गरिन्, ‘‘कि बाह्रै वर्ष न्याय पाउन कुर्नुपर्ने हो सरकार ?’’