२०८१, ३० कार्तिक शुक्रबार

‘सहकारीलाई उत्पादनमुखी बनाऔं’

सुर्खेत ।
कृषि सहकारीलाई उत्पादन मुखि सहकारी बनाउनुपर्ने वीरेन्द्रनगरमा भएको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । जनमुखी कृषि तथा पशुपालन सहकारी संस्थाको ८ औ बार्षिक साधारण सभामा सहभागीले कृषि सहकारीलाई व्यवसायीक तथा उत्पादन मुखी सहकारी बनाउनुपर्नेमा जोडदिएका हुन ।
उनिहरुले कृषि सहकारी संस्थाहरुले व्यवसायीक रुपमा कृषिमा लगानी गरेमात्र कृषकको आयस्तर बढाउने बताएका छन । कार्यक्रममा जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृतबहादुर विसीले कृषि सहकारीहरुले वितियक्षेत्र भन्दा कृषिकर्म गर्नतर्फ लाग्नु पर्नेमाजोड दिए । उनले सहकराको माध्यबाट परिवारमा खुशि ल्याउन सकिने भन्दै सहकारीबाट लिएको ऋृणलाई उत्पादनमा लगाउनुपर्ने बताए ।
अध्यक्ष विसीले बाह्य मुलकबाट तरकारी लगायतका अन्य खाधान्न साम्रागी थुप्रै मात्रामा आउने गरेको भन्दै अव हरेक किसनाले आफैले उत्पादन गरेर आम्दानी गर्ने तर्फ लाग्न सुझाँव दिए । कार्यक्रममा जिल्ला कृषि सहकारी संघ सुर्खेतका अध्यक्ष पञ्चकला रावतले सरकारले कृषिक्षेत्रमा लगानी बढाउन नसक्दा सोचे अनुरुप कृषिबाट फाईदा लिन नसकिएको बताए । उनले कृषिक्षेत्रमा लगानी गर्न नस्कदा अहिले कृषहरु कृषि पेशाबाट नै पलायन हुने अबस्था पुगेको भन्दै यसतर्फ प्रदेश र स्थानिय सरकारले ध्यान जरुरी रहेको उल्लेख गरे ।
संस्थाले गत आर्थिक बर्ष १३ करोड ४७ लाख बराबरको करोबार गरेको छ भने आगामी आर्थिक बर्ष साढे १६ करोड ९२ लाख पुर्याउने लक्ष्य राखेको छ । कार्यक्रममा मंगलगडी प्राविका विधालय व्यवस्थापन समितिका अध्यक्ष जागुराम चौधरी राष्ट्रिय सहकारी बैकंका प्रबन्धक सागर योगी, वीरेन्द्रनगर १० का वडा सदस्य लक्ष्मी विक,समुन्वय समितिका १० वडाका जयराम लगाएतको सहभागीता रहेको थियो ।