२०८१, ३० कार्तिक शुक्रबार

दलित समुदायको उपस्थीत सन्तोषजनक नभएको गुनासो

सुर्खेत । सार्वजानिक सेवा तथा स्थानमा दलित समुदायको उपस्थीत सन्तोषजनक नभएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन ।
उनीहरुले दलित समुदाय माथि राज्यबाटै विभेद भएको आरोप लगाएका छन ।

संचार क्लबले शनिवार कर्णाली प्रदेशको राजधानी सर्खेतमा गरेको अन्तरक्रियामा उनीले दलित समुदाय माथि राज्यको विभेद कायमै रहेको बताएका हुन ।

क्लबका अध्यक्ष खगेन्द्र सुनारको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य रातो कामीले संविधान अनुसार राज्यले समावेशी प्रतिनिधित्व गराए पनि राज्य संचालनमा भूमिका नदिएको गुनासो गर्नुभयो । उहाँले गणितिय आधारमा राज्यले उपस्थीति गराए पनि सरकार संचालन तथा अन्य नितिगत सुधार गर्नुपर्ने स्थानमा भने स्थान नदिएको बताउनुभयो ।

त्यस्तै सामाजिक विकास मन्त्रालयका सचिव डा. मान बहादुर विश्वकर्माले सामाजिक विभेदका घटनामा केहि कमि आए पनि सोचेअनुसार सुधार हुन नसकेको बताउनुभयो । दलित समुदायलाई संरक्षणको अभाव हुने भन्दै उहाले काम गर्ने इच्छा शक्ति हुदा पनि कानुनको परिधिका कारण सोचे जति गर्न नसकिने उहाको भनाई छ ।