अपाङ्गताका लागि १८ करोड बढि बजेटः सामाजिक विकास मन्त्रालयको मात्रै झण्डै १० करोड
सुर्खेत । कर्णाली प्रदेश सरकारका विभिन्न मन्त्रालयहरुले कर्णालीमा अपाङ्गता भएकाहरुका लागि करोडौं बजेट विनियोजन गरेको छ । अपाङ्गता भएका बाल– बालिकाहरु, पुरुष तथा महिलाहरुको क्षमता विस्तार, तालिम, सामाग्रीहरु, अपाङ्गतामैत्री शौचालयहरु निर्माण तथा वितरण गर्न भन्दै सरकारको सामाजिक विकास मन्त्रालयले ९ करोड ४७ लाख रुपैयाँ चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको छ ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कर्णाली प्रदेशले आयोजना गरेको कर्णाली प्रदेशका अपाङ्गता भएका बालबालिकाको सवाल पहिचान तथा पैरवी रणनीति निर्माण सम्वन्धी कार्यशालामा अन्य मन्त्रालयले पनि अपांगता भएकाहरुको सामाजिक विकास मन्त्रालयको मात्रै झण्डै १० करोड लागि बजेट विनियोजन गरेको बताइएको छ ।
अध्यक्ष विष्णुप्रसाद शर्माका अनुसार कर्णाली प्रदेशका २४ ओटा विद्यालयमा अपाङ्गमैत्री खानेपानी तथा भौतिक संरचना सँगै शौचालय बनाउने गरी मन्त्रालयले बजेट २५ लाखका दरले विनियोजन गरेको छ ।
जसकालागि २ करोड ४२ लाख रुपैंया विनियोजन गरिएको अध्यक्ष शर्माको भनाई छ । ‘बालग्राम निर्माण गर्न ५० लाख, अपांग पुर्नस्थापना कार्यक्रम ५० लाख, बौद्धिक अपांगता तथा अटिजमका लागि आवास निर्माण गर्न एक करोड, एक जिल्लामा एक विद्यालय २५ लाखको दरले रकम विनियोजन गरिएको छ ।’ उनी भन्छन्, ‘अपांगता भएका व्यक्तिको लागि आयआर्जन कार्यक्रम ५० लाख, सहायता समाग्री खरिद तथा वितरण ३० लाख, अपांगता भएकाहरुका लागि स्वरोजगा र, व्यवसाय सुदृढ गर्नै ४० लाख, प्रदेश स्तरीय अपांगता भएकाहरुकालागि खेलकुद प्रतियोगिता गर्न ५० लाख रुपैंया विनियोजन भएको छ ।’ योजना निर्माणका लागि ३५ लाख, अपाङ्गता भएका अटिजम भएका विद्यार्थीका लागि शैक्षिक सामाग्री १ करोड, श्रोत शिक्षकका लागि सामाग्री व्यवस्थापन गर्न २०लाख गरि ९ करोड ६७ लाख बजेट विनियोजन भएको अध्यक्ष शर्माको भनाई थियो ।
यसकाअलावा अपांगता भएकाहरुका लागि १८ करोड भन्दा बढी बजेट वनियोजन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पनि कार्यक्रम रहेका छन् । कर्णाली प्रदेशका १० जिल्लामा ५० हजार भन्दा बढी अपांगता भएकाहरु बसोबास गर्दै आइरहेका छन् । ‘पचास हजार भन्दा बढी अपाङ्गता भएकाहरु कर्णालीमा छन् ।’ उनले भने, ‘तर बजेट भने यो अपर्याप्त नै हो । यद्यपी प्रदेश सरकारले बजेट दिएको प्रति हामी कृतज्ञ नै छौं ।’ उनल सरकारले प्रभावकारी रुपमा खर्च गर्न सक ेक ो खण्डमा अपा ंगता भएकाहरुलाई लागि राम्रो हुने बताए ।
‘खर्च गर्ने प्रणाली भएन ।’ उनी भन्छन्, ‘रकमान्तर गर्ने परम्परा हटाउन जरुरी छ । अपांगता भएकाहरुकालागि विनियोजन गरिएको बजेट कार्यान्वयन गर्न जरुरी छ ।’