आलोचना होइन सुझाव चाहियोः मुख्यमन्त्री शाही
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको समृद्धिकालागि आलोचना नभई सुझाव चाहिएको बताएका छन् । सोमबार वीरेन्द्रनगरमा आयोजित न्यूनतम पारिश्रमीकको अवस्था बारेमा सन्चालीत कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले एम्बुस थापेर बसे देश नबन्ने बताए ।
‘तिललाई पहाड बनाउने परम्परा बसिसकेको छ । कहाँ कहिले के गल्ती गर्लान र आलोचना गरौंला भनेर पर्खिने बानी परेको छ ।’ उनले भने, ‘यो समय सुझाव दिने हो । अझ म भन्छु, कर्णालीलाई सुन्दर बनाउन अहिले अरु केहि होइन सपना देख्नुहोस र हामीलाई सुनाउनुहोस । अनिमात्र विकास गर्न सकिन्छ । आवश्यक नीति तथा कार्यक्रम बनाउन सकिन्छ ।’ उनले विगतमा कर्णाली धनि रहेको बताउँदै अहिले भने कर्णाली माग्ने प्रदेशकोरुपमा गइसकेको बताए ।
‘हामी सबैको घरमा चाँदी, सुन पर्याप्त छ । उहिले हाम्रा पुर्खा चीनसँग व्यापार गर्ने गरेका थिए ।’ उनी भन्छन्, ‘तर अहिले अवस्था फेरिएको छ । सबै माग्ने बनेका छन् । अरुका े सहका रमा बा ँच्ने कुरा सिकाइएको छ ।’ यति मात्र होइन, आफु असफल भएको भन्दा पनि अर्को व्यक्ति पास भएकोमा रिस गर्ने बानी बसिसकेको उनको भनाई थियो । मुख्यमन्त्री शाहीले प्रदेश सरकार दुइ वर्षको मात्रै भएको र दुइ वर्षमै बोलन वा दौडन सक्ने अवस्था नहुने बताए ।
विदेशी राज्यहरुसँग यहाँको तुलना गर्न नहुने बताउँदै प्रदेश सरकार कानून निर्माणमा लागिरहेको उनको भनाई थियो । ‘अहिले हामीले कानून निर्माणलाई तीव्रता दिइरहेका छौं ।केहि कानूनहरु परिमार्जन गर्ने तयारीमा लागिरहेका छौं ।’ मुख्यमन्त्री शाहीले भने, ‘त्यसकालागि सबै पक्षको सकारात्मक साथ सहयोग आवश्यक पर्दछ ।’ उनले काम गर्दा समस्या आउने बताउँदै प्रदेश सरकार ती आएका समस्याको हल खोजदै अघि बढिरहेको दाबी गरे ।
मुलुकमा आएको संघीयतामाथि नै केहि शक्तिले प्रहार गरिरहेको बताउँदै मुख्यमन्त्री शाहीे उनीहरुको सपना पुरा नहुने बताए । ‘हिजो गणतन्त्र नचाहने, संघीयता नचाने तत्व धेरै थिए । ती तत्वहरु अहिले नचाहेर भएपनि संघीयता स्वीकार गर्न बाध्य भएका छन् ।’ उनले भने, ‘यो व्यवस्थाको विकल्प नै छैन ।
बरु संविधानमा कहि कतै असनतुष्टि भए वा कुनै काम गर्न बाधा आए समाधान गर्न सकिन्छ ।’ मुख्यमन्त्री शाहीले भ्रष्ट्राचार नियन्त्रण गर्न आवश्यक रहेको बताए ।