२०८१, १ कार्तिक बिहीबार

इन्जीनियर मिलन अर्यालको पहिलो गित “केवल म” सार्बजनिक

काठमाडौं । ताकेश्वर नगरपालिकाका इन्जीनियर मिलन अर्यालको पहिलो गित “केवल म” सार्वजनिक भएको छ । तार्केश्वर नगरपालिकामा इन्जिनीयरको पद मा कार्यरत अर्यालकै शब्द, संगीत र स्वर रहेको गितमा प्रेममा रहेको जाडीले सुनिरहने शब्दहरुको प्रयोग गरिएको छ ।

प्रेमीले आफ्नो प्रेमीकाको लागि सुन्दर शब्दहरुको बयान मार्फत मन जित्न गाइएको गित हो “केबल म” । माया नै मायाले भरिएको यस गितमा सुदिप श्रेष्ठको म्युजिक एरेन्ज गरेका हुन भने गितलाई सुरज जोशीले ध्वनी मुद्रण गरेका हुन् ।