२०८१, १ कार्तिक बिहीबार

मस्यौदामाथि नागरिक समाजको सुझाव

सुर्खेत ।
कर्णाली प्रदेश सरकारले मस्यौदा तयार पारेको सार्वजानिक र निजि क्षेत्रको साझेदारीता समबनधमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामाथी कर्णाली प्रदेशका विभिन्न नागरिक समाजले सुझाव दिएका छन् । प्रदेश सरकारको उक्त नीतिमा कर्णालीका निजि क्षेत्र, सहकारी, मिडिया, कानुन र गैरसरकारी क्षेत्र लगाएत अनय नागरिक समाजले बिहिवार सुन्दर नेपाल संसथाको पारस्परिक जवाफदेहिता परियोजनाको आयोजना र नेपाल पत्रकार महासंघ सुर्खेत र गैरसरकारी संस्था महासंघ सुर्खेतको समन्वयमा भएको कार्यक्रममा उनिहरुले उक्त नितिमा सच्याउनुपर्ने कुराहरुलाई सुझाव दिएका हुन् ।
नागरिक समाजका अगुवा पिताम्बर ढकालले यस्तो नीति छिट्टै नै बन्न आवश्यक रहेको बताए । ‘यस्तो नीति छिटै बन्न आवश्यक छ । तर यसमा भएका केह ित्रुटीलाई भने सुधार गर्नुपर्छ । त्यसपछि धेरै नै फाईदा हुन्छ कर्णाली समृद्धीको लागि ।’ उनले भने । उनले यस्ता खालका नीति निर्माण गर्दा विज्ञहरुको सुझाव, छलफल र परामर्श निकै महतवपुर्ण हुने बताए । उनले सरोकारवालासंग छलफल र परामर्श गरेर नीति निमार्ण गरेको अवस्थामा उक्त नीति कार्यान्वयन हुन सजिलो हुने बताउँदै सोही अनुसार गर्न पनि कर्णाली प्रदेश सरकारलाई सुझाव दिए ।