२०८१, २८ फाल्गुन बुधबार

दुर्घटनामा ३ को जनाको मृत्यु

सुर्खेत। सुर्खेतको भेरीगंगा नगरपालिकामा पर्ने रत्न राजमार्गको हर्रे र बबईको बिचमा पर्ने एमाले मोडमा यात्रुबहाक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रवि रावलले उपचारका क्रममा दुईजनाको मृत्यु भएको बताएका छन् । घटना स्थलमा एकजना महिलाको मृत्यु भएको थियो । भने गम्भिर घाइते भएका ३ जनालाई थप उपचारका लागि भारतको लखनौ रेफर गरिएको छ।
सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ५ मा पर्ने एमाले मोडमा ना ४ ख ९३ १७ नम्बरको यात्रुबाहक गाडी दुर्घटना भएको थियो । गाडीमा चालक सहित ३२ जना सवार भएकोमा ३ जनाको मृत्यु भएको र दुर्घटनामा २७ जना घाईते भएका प्रहरीले जनाएको छ ।

जाजरकोटबाट नेपालगंज तर्फ जादै गरेको यात्रुवाहाक गाडी विहान ३ः५० बजे तिर दुर्घटना परेको हो ।घाईतेहरुको नेपालगंज शिक्षण अस्पताल कोहलपुर लगायत स्थानिय मेडिकलमा उपचार भईरहेको जनाएको छ । ब्रेकफेल भएर गाडी दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
यो समाचार तयार पार्दासम्म मृत्यु हुने २ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा जाजरकोट नलगाड नपा ७ बस्ने ५१ बर्ष कि हजारी बादि रातो सुईटर सेतो साडी लगाएकी रहेकि छन् र उनको लास मेडिकल कलेज कोहलपुरमा रहेको छ भने, जाजरकोट बारेकोट गापा ७ बस्ने २५ बर्षकि लक्ष्मी बस्नेत मृत्यु भएको प्रहरीले जनाएको छ । भने अर्कि घट्ना स्थलमा नाम थर वतन नखुलेकी बर्ष अन्दाजी३५ कि महिलाको मृत्यु भएको छ ।