आन्तरिक राजस्व कार्यालयमा सेवाग्राहीको भिड, १५ हजार बढिले लिए स्थायी लेखा नम्बर
सुर्खेत । आन्तरिक राजस्व कार्यालय सुर्खेतमा सेवाग्राहिहरुको घुँइचो लाग्ने गरेको छ । नेपाल सरकारले एक हजारभन्दा बढी पारिश्रमि पाउने सबै कर्मचारी वा कामदारले अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने प्रावधान राखेसंगै दैनिक रुपमा कार्यालायमा सेवा लिन आउने सेवाग्राही हरुको संख्या बढेको काार्यालयले जनाएको छ ।
साउन १ गतेदेखि सुरु भएको स्थायी लेखा नम्बर (प्यान) बनाउन आउने सेवाग्राहीहरुको संख्या सबैभन्दा धेरै देखिन्छ । कार्यालयले उपलब्ध गराएको गएको साउन १ गतेदेखी बुधवारसम्मको तथ्यांक अनुसार हालसम्म जम्मा १५ हजार ८ सय ८८ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिएका छन् । भने १ हजार ५ सय ३५ जनाले व्यवसायिक स्थायी लेखा नम्बर (प्यान) लिएका छन् । कार्यालयको सोही तथ्यांकअनुसार साउन महिनामा मात्रै व्यक्तिगत स्थायी लेखा नम्बर लिेनेको संख्या १० हजार ९ सया ३५ रहेको थियो । भने व्यवसायिक स्थायी लेखा नम्बर लिनेको संख्या ८ सय ९६ जना मात्र रहेको कार्यालयका कर अधिकृत हिक्मत सुनारले जानकारी दिए ।
कर अधिकृत सुनारका अनुसार भदौ १ गतेदेखी ११ गतेसम्मको समयमा व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४ हजार ९ सय ८५ रहेको छ । त्यस्तै सोही अवधिमा व्यवसायिक स्थायी लेखा नम्बर लिनेको ३ सय ३९ जना रहेका छन् । स्थायी लेखा नम्बर लिनेहरुका लागि अनलाइनबाटै फाराम पनि भर्न सकिने व्यवस्था छ । तर कतिपयलाई त्यस्तो व्यवस्थाबारे थाहा नहुदा कार्यालयमै आउनुपरेको गनासो आफुसंग सेवाग्राहीले गर्नेगरेको कर अधिकृत सुनारले बताए । ‘स्थायी लेखा नम्बर लिनको लागि अनलाइन बाट पनि फारम भर्न सकिने व्यवस्था छ, एउटा कोड प्राप्त हुन्छ त्यो कोड लिएर जोसुकैलाई कार्यालय पठाउादा प्यान प्राप्त हुन्छ ।’ कर अधिकृत सुनारले भने ।
व्यक्तिगत स्थायी लेखा नम्बर संगै व्यवसायिक स्थायी लेखा नम्बर, राजस्व भुक्तानी लगाएतका अन्य सेवा लिन आउने सेवाग्राहीहरुको संख्या बढको कार्यालयले जनाएको छ । कार्यालयमा दैनिक ५ सय देखी ८ सयसम्म सेवाग्राहीहरु आउने गरेको कार्यालयका नासु टंक थापाले जानकारी दिए । राजस्व भुक्तानी गर्न आउनेहरु र स्थायी लेखा नम्बर प्यान लिन आउनेहरुको चाप अत्याधिक रहेको उनको भनाई रहेको छ । आन्तरिक कराजस्व कार्यालय सुर्खेतमा अहिले जम्मा १३ जना कर्मचारी रहेका छन् । तर स्वीकृत दरवन्दीभन्दा केही कर्मचारी अपुग हुँदा सेवाग्राहीहरुलाई सेवाप्रवाहमा ढिलासुसती भएको र स्वयम कार्यालयमा कार्यरत अन्य कर्मचारीहरुलाई समेत चुनौती बनेको छ ।
कर्णाली प्रदेशमा रहेका १० वटा जिल्लामध्ये विशेषगरी आन्तरीक राजस्व कार्यालय सुर्खेतमा विशेषगरी सुर्खेत, दैलेख, जाजरकोट, डोल्पा र हुम्लाबाट सेवाग्राही आउने गरेको कार्यालयले जनाएको छ । जुम्ला, कालिकोट र मुगु गरी ३ जिल्लाका सेवाग्राहीहरुका लागि आन्तरिक राजस्व कार्यालय जुम्ला सहज पर्ने गर्दछ । भने सल्यान र रुकुम पश्चिमको लागि आन्तरिक राजस्व कार्यालय दाङ सहज हुन्छ । तिख ५ जिल्लाबाहेकका ५ जिल्लाका सेवाग्राहीहरु आउने हुनाले सेवाग्राहीको संख्या धेरै भएको कार्यालयले जनाएको छ । त्यसो त सुर्खेत कर्णाली प्रदेशको राजधानी बनेसंगै यहाँ स्थायी वा अस्थायी रुपमा बसोस गर्नेहरुको संख्या दिन प्रतिदिन एकदमै बढदो संख्यामा रहेको छ । प्रदेश राजधानी भएका कारण कर्णाली प्रदेशका सबै १० वटै जिल्लाका सेवाग्राही आउने गरेको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयमा अहिले जम्मा १३ जना कर्मचरीमध्ये १ जना उपसचिव, ४ जना अफिसर स्तरका कर्मचरी रहेका छन् । त्यस्तै कार्यालयमा नायब सुब्बा, लेखापाल कार्यालय सहायक र गाडिचालक रहेका छन् । प्रदेश राजधानी पनि भएकाले विभिनन व्यवसाय पनि बढ्दै गर्दा कार्यालयमा कर्मचरीको संख्या सेवाग्राहीको अनुपातमा एकदमै न्युन रहेको देखिन्छ । कार्यालयको भवन आफ्नै नहुँदा भवन भाडामा लिएर कार्यसम्पादन भइरहेको छ र भाडाको सााघुरो भवनले पनि सेवाग्राही र कार्यालयका कर्मचारी समेतलाई चुनौति बनेको कर अधिकृत हिक्मत सुनारले जानकारी दिए ।
कार्यालयमा साउन महिनाको तुलनामा भदौमा भिड केहि मात्रामा कम भएको छ । तर कार्यालयको सेवा प्रवाहको शैलिप्रति सेवाग्राही भने खासै सन्तुष्ट देखिँदैनन् । कार्यालयमा लाइनको केहि व्यवस्थित तरिका नभएको र घण्टौंसम्म कुर्नु परेको वीरेन्द्रनगर ९ लाटिकोइलीबाट स्थायी लेखा नम्बर लिन आएकि विनितिा बुढाले बताइन् । त्यस्तै गुराँस गाउापालिका दैलेखबाट स्थायी लेृखा नम्बर लिन आएका मान बहादुर बुढाले सेवा लिएर फर्काैंला भनेर सोचेको समयमा आफु फर्किन नसकेको गुनासो व्यक्त गरे ।