अनियमितता गर्नेलाई कारबाही गर
विकास निर्माणमा अनियमितता भएका समाचारहरु सुनिएकै समाचार हुन् । तर विकास निर्माणको पक्षमा वकालत गर्ने, निगरानी गर्ने राजनीतिक दल र त्यसको नेता नै अनियमितता भ्रष्टाचारमा मुछिएका खबर अपवादमै सुनिन्छन् । कालिकोटमा एउटा त्यस्तै घटना भएको छ ।
एक जना जिल्ला स्तरका नेकपाका नेताले आफ्ना पतिलाई उपभोक्ता समितिको अध्यक्ष बनाउने र काम नगर्ने गरेको पाइएको छ । नेकपाकी जिल्ला कमिटी सदस्य पार्वती सिंहले आफू पार्टीको पावर लगाएर योजना पार्ने तर काम नगर्ने गरेको खुलेको हो । आर्थिक वर्ष २०७५÷०७६ मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नं. ६ मा अर्गानिक गाउँ बनाउन भन्दै २६ लाख ६५ हजार रुपैयाँ विनियोजन ग¥यो ।
१३ भकारो सुधार, १० कुखुराको खोर सुधार, ३० कम्पोष्ट मल निर्माण गर्ने खाडल, २५ जनालाई अर्गानिक क्षमता अभिबृद्धि तालिम तथा अर्गानिक उत्पादनका लागि ५ वटा प्लाष्टिक घर निर्माण गर्न भन्दै सो बजेट विनियोजन गरेको थियो । पार्वती सिंह नेकपाको जिल्ला कमिटी सदस्य भएका कारण उक्त योजना त्यहाँ छनौट भएको थियो । पञ्चदेवल तरकारी तथा फलफूल उत्पादन कृषक समूहले उक्त काम गर्ने गरी कृषि ज्ञान केन्द्र, कालिकोटसँग सम्झौता ग¥यो ।
सिंहका श्रीमान् हेमराज सञ्ज्याल समूहको अध्यक्ष बनाइए । समूहले १२ लाख रुपैयाँ पेश्की पनि लग्यो तर काम केही नगरेको गुनासो आएपछि मन्त्रालयले काम सम्पन्न नभएसम्म भुक्तानी नदिने निर्णय ग¥यो । यस्ता उदाहरणमात्रै हुन्, उनले गरेका हिनामिनाका बारेमा छानबिन गरेरै कुनै पनि हालतमा रकम असूल गर्ने र यस्तालाई हदैसम्मको कारवाहीको भागीदार बनाइनु पर्छ । नत्र देशको सम्पत्ति कुम्लाएर आफू मोटाउने प्रचलन हुन्छ र हामीले सोचेको विकास अहिले होइन कहिल्यै हुँदैन ।