परिवर्तन विरोधी तत्व विकासको चुनौती
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देशको परिवर्तनलाई आत्मसात् गर्न नसक्ने तत्वहरू चुनौतीका रुपमा देखापरेको बताएका छन् ।
रफत सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले हाल असहज अवस्था सिर्जना गरी देशको विकास र सम्बृद्धि रोक्दै राष्ट्रियतामाथि चुनौती खडा गर्न लागिपरेका तत्वको सामना गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री शाहीले डेढ वर्षसम्म पनि संघीय कानून नबन्दा संघीयता कार्यान्वयनमा जटिलता देखिएको चर्चा गर्दै संघीयतामा नेपाल प्रवेश गरेको डेढ वर्षसम्म पनि संघीय कानूनले पूर्णता पाउन नसक्दा संवैधानिक प्रश्न उब्जेको र संघ, प्रदेश र स्थानीय सरकारबीच दूरी बढेको बताए ।
राज्यका तीन सरकारबीच सहमति, सहकार्य र सह–अस्तित्वका आधारमा समन्वय हुनुपर्ने भए पनि एकले अर्कोलाई मौका मिल्नासाथ धकेलिहाल्ने प्रवृतिकै कारण संघीयताको कार्यान्वयनमा जटिलता देखिएको मुख्यमन्त्री शाहीको भनाइ छ ।