२०८१, ७ बैशाख शुक्रबार

कर्णालीको रुपान्तरण गर्ने पहिलो पञ्चवर्षीय योजना बनाउँदैछौंः उपाध्यक्ष डा. रेग्मी

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. पुण्य प्रसाद रेग्मी

अहिले कर्णाली प्रदेश योजना आयोग पञ्चवर्षीय योजना निर्माणको अन्तिम तयारीमा छ । आयोगले मस्यौदा निर्माण गरिसकेको छ भने आज सोमबारबाट चार दिनसम्म उक्त मस्यौदामाथि घनिभूत रुपमा छलफल हुँदैछ । के र कस्ता विषयमा छलफल गरिदैंछ भन्ने विषयको वरिपरि रहेर हाम्रा कार्यकारी सम्पादक शेरबहादुर थापाले आयोगका उपाध्यक्ष डा. पुण्य प्रसाद रेग्मीसँग फोनमा कुराकानी गरेका छन् । उक्त कुराकानीको सारसंक्षेप ।

 

 

 

काठमाडौंबाट कहिले आउनुभयो ?                                                                                                                                                                  शुक्रबार मात्रै आएको हुँ ।

यहाँहरु हिजो आइतबार मन्त्री तथा योजना आयोगसँग बैठक बस्नु भयो कारण चाहिँ के रहेछ ?                                                                              हाम्रो कर्णाली प्रदेशको पहिलो पञ्चवर्षीय योजना निर्माणका लागि मैले नै निम्तो दिएर राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, आयोगका सदस्य मिनबहादुर शाहीलगायत हामीले पञ्चवर्षीय आयोजनाको आधार पत्र तयार पार्ने विज्ञ साथीहरुसँग हामीले अहिलेसम्म गरेको कामको छलफल गर्ने भनेर चार दिनको लागि उहाँहरु आउनु भएको छ । हामी आज सोमबार देखि सुर्खेतमा कार्यशाला गोष्ठीको सुरु गर्दैछौं ।

त्यहाँ को को बस्नुहुन्छ ?
मन्त्रालयका सचिव, मन्त्रीहरु, योजना महाशाखाका प्रमुखहरु र हामी बसेर विषयगत छलफल गर्ने हो ।
खाका बनाइ सक्नु भएको छ, अन्तिम रुप मात्रै दिन बाँकी छ उसो भए ?
हो । हामीले मस्यौदा तयार गरिसकेका छौं । यो चार दिनमा छलफल गरेर केहि निष्कर्षमा पुग्छौं । तर अन्तिम रुप दिन समय लाग्न सक्छ । हामी कर्णालीको रुपान्तरण गर्न सक्ने ठूला आयोजनाहरु, तिनले कति आर्थिक रुपमा कति टेवा पुर्याउँछन, रोजगार कति सिर्जना हुन्छ । त्यस खालको विस्तृत अध्ययन हुने भएकाले चारै दिनमा नसकिन सक्छ ।

कर्णालीको रुपान्तरणका कुरा गर्नु भो कुन कुन योजना प्राथमिकतामा छन आयोगको ?
हैन हामीले कर्णालकिो जनजीवनलाई माथि उकास्ने केहि आयोजनाहरु छनौट गरिसकेका छौं । राजमार्गहरु हाम्रो पहिलो प्राथमिकतामा छन् । कर्णाली करिडोरको हिल्सा सम्मको जो चिनसँग अगाडी बढेको छ । हो हाइवेसँग सम्वन्धित भयो । त्यस्तै दैलेख देखि नाग्चेलाग्ना सम्मको अर्को हाइवे र राप्तीको भेरी करिडोरको धु मरिन्ला हाइवे यी तीन ओटा हाइवेलाई हामीले कर्णालकिो लाइफलाईनको रुपमा लिएका छौं । कर्णाली रुपान्तरणको पहिलो आधारको रुपमा हामीले लिएका छौं ।
यी राष्ट्रिय गौरवका आयोजनामै राख्ने अन्य हामी मनत्रालयगत घनिभूत रुपमै कुन उद्योगलाई वा कुन योजनालाई अगाडी बढाउने, तेस्रो वर्षे, पञ्चवर्षीय योजनालाइ कहाँ पु¥याउने, पर्यटन, उद्योग, यातायात, विकासकालागि विविधता अनि बस्ती विकासका कुरा छन् । सबै कुराको बारेमा घनिभूत रुपमा छलफल हुन्छ ।

भनेपछि पहिलो पञ्चवर्षीय योजना सार्वजनिक हुन कम्तीमा एक महिना लाग्छ ?
हो लाग्छ । एक डेढ महिना नै लाग्छ । अरुले चै अहिले अवधारणापत्र बनाई रहेका छन् । हामीले पारीत गरिसकेका छौं । आधारपत्र भनेको रणनीति तथा कार्यनीति भन्ने जनाउँछ । हामीले पञ्चवर्षीया योजनाको मस्यौदा समेत बनाइसकेका छौं । रणनीति, कार्यनीति र त्यसमा खाका समेत मिस्याइयो भने योजना बन्छ ।

जस्तो, बजेटमा यहाँको योजना अनुसारको सरकारले बजेट विनियोजन गर्न सकेन, अब यहाँले बनाउने पञ्चवर्षीया आयोजनालाई सरकारले कार्यान्वयन नै गर्छ भन्ने ग्यारेण्टी के छ ?
हामीले योजना बैंक नभएर त्यसकारण सांसद, मन्त्री तथा नेता कार्यकर्ताका खल्तीबाट आएका योजनाहरुले प्रवेश पाए । यदि हामीसँग ठोस योजना हुन्थे भने अथवा पञ्चवर्षीय योजना हुन्थ्यो वा मध्यमकालीन योजना हुन्थ्यो भने बजे सोही बमोजिम पास हुन्थ्यो । यो भइदिएको भए उहाँहरुले दायँबायाँ गर्न पाउनु हुन्थेन । ठोस योजनाको बैंक छैनन नी त । पहिलो कुरा हामीले बनाउने नै त्यहि हो, त्यसपछि कसैले दायाँबाँया गर्न सक्दैनन र हुँदैन पनि ।

लगानी सम्मेलन कहिलेसम्म हुन्छ ?
मंिसरमा गर्ने भनेका थियौं तर पुससम्म हुन्छ । हामीले रेखांकन गरि योजनाहरुको विस्तृत अध्ययन गर्न सक्यौं भने हामीसँग ४० देखी ५० ओटा योजनाहरु बन्छन । त्यसपछि हामीलाई लगानी सम्मेलन गर्न सजिलो हुन्छ । पूर्वाधार नै पहिलो प्राथमिकता हो । शिक्षा, स्वास्थ्य उत्पादन र रोजगारः त्यसकालागि पूर्वाधार हो नी । जे सुकै विकास गर्नुप¥यो भने पूर्वाधार नै चाहिन्छ । जस्तो विजुलीको ४०० केभीको प्रसारण लाईन नहुँदा सुर्खेतमा कलकारखाना खोलिएको छैन । उद्योग सञ्चालन गर्न, अस्पताल सञ्चालन गर्न विजुलीको आवश्यकता छ तर यहाँ कमी छ । पूर्वाधार नभइकन विकास सम्भव नै छैन ।

आजको बैठकमा के निर्णय भयो ?
आज मैले सोमबार देखि सुरु हुने कार्यशाला गोष्ठीकालागि सामान्य रपमा जानकारी दिएँ । मन्त्री ज्यु, सचिव ज्यूहरुलगायतसँग सामान्य रुपमा चार दिनमा के के गर्न सकिन्छ भन्ने बारेमा छलफल भयो । त्यति नै हो । खासै त्यस्तो केहि पनि निर्णय भएन ।