२०८१, २४ आश्विन बिहीबार

आत्मनिर्भर बन्न सिप सिक्दै अपांगता भएका व्यक्तिहरु

सुर्खेत ।
आत्मनिर्भर बन्न कर्णाली प्रदेशका विभिन्न जिल्लाका अपांगता भएका व्यक्तिहरु सिप सिक्न सुरु गरेका छन् । कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा कर्णाली डिजेवल भोकेसनल ट्रेनिङ एण्ड प्रोडक्सन प्रालीले कर्णाली प्रदेशका दशवटै जिल्लाका १४ जना अपांगता भएका व्यक्तिहरुलाई गार्मेन्ट सम्वन्धी सिपविकास तालिम सुरु गरिएको छ ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशले उक्त डिजेवल भोकेसनल ट्रेनिङ एण्ड प्रोडक्सन प्रालीलाई अनुदानस्वरुप रु २० लाख प्रदान गरिएको प्रालीका अध्यक्ष किशोर शाहीले बताए । उनका अनुसार सिपविकास तालि लिने कर्णाली प्रदेशका विभिन्न जिल्लाका सहभागिहरुलाई अनावासिय सुविधासहित तालिमको व्यवस्था गरिएको उनको भनाई रहेको छ । उक्त मन्त्रालयको अनुदान प्राप्त गर्नका लागि आफुहरुले धेरैनै संघर्ष गर्नुपरेको र अनुदानको उचित सदुपयोग गर्दै अपागंता भएका व्यक्तिहरुको हकहित र सिपविकास एवम् व्यक्तित्व विकासका लागि आफु हरदम लागि परिरहने उनको भनाई रहेको छ ।
मन्त्रालयबाट प्राप्त अनुदान मध्येबाट १६ वटा गार्मेन्टका टिसर्ट, पाइन्ट, ब्याग, ट्राउजर आदि सिलाउने मेसिनहरु खरिद गरिएको छ । केही जनालाई उक्त कम्पनी सुचारु गर्नुगन्दा पहिले नै कपडा सिलाउन, कम्प्युटर, जुत्ता सिलाई आदिजस्ता सिप सिकाई प्रशिक्षकको रुपमा राखिएको छ ।आन्तरिक स्रोत कुनैपनी नभएकाले मन्त्रालयबाट प्राप्त अनुदानबाट केही मात्रामा प्रशिक्षर्थिहरुका लागि तालिम अवधिको सिकाईमा आवश्यक पर्ने कपडा खरिद गरिएको अध्यक्ष शाहीले जानकारी दिए । १४ जनालाई फल्याट भाडामा लगेर आवाससहित राख्दा खर्च धेरै हुने चुनौतीको रुपमा रहेपनि आफ्हरु निरन्तर लागिरहने उनले दावी गरे ।
अनौठो कुरा त के छ भने, प्राप्त अनुदानबाट नै उनिहरुले आम्दानीको स्रोत पनि पहिल्याइसकेका छन् । करिब ६ लाख मुल्यबराबरको अटोरिक्सा खरिद गरिएको छ । उक्त अटोरिक्सा चालक पनि अपांगता भएका व्यक्ति नै हुन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं १४ गढी का कुल बहादुर बुढामगर अटोरिक्सा चालकको रुपमा रहेका छन् । उनि पनि उक्त कम्पनिमै आवासिय रुपमा बसिरहेका छन् । कम्पनिले अटोरिक्साबाट प्राप्त गरिएको आम्दानीले अनावासिय खर्च व्यवस्थापन गरिने अध्यक्ष शाहीले जानकारी दिए । आफु जस्तै फरक क्षमता भएका व्यक्तिहरुसंग सिप सिक्दा र अटोरिक्सा चलाउन पाउँदा आफुले बयान गर्नै नसकिनेजति हर्सित भएको अटोचालक बुढाले बताए । अटोरिक्साको नम्बर प्लेट कालो नहुँदा आफुलाई यात्रु बोक्न नपाइने भन्दै ट्राफिक प्रहरीको बारबार किचकिच सुन्नुपरेको बुढाको गुनासो रहेको छ ।
सोमवार अनुदानबाट खरिद गरिएका सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्द कर्णाली प्रदेशका उद्योग पर्यटन बन तथा वातावरण मन्त्र िनन्दसिं बुढाले अपांगता भएका व्यक्तिहरुलाई कसरी सिपविकास तालिम दिई आत्मनिर्भर बनाउन सकिन्छ भनेर आफुसहित कर्णाली प्रदेश सरकार गम्भिर रहेको बताए । ‘अपांगता भएका व्यक्तिहरु फरक क्षमता र जाँगर भएर पनि आत्मनिर्भर बन्ने बातावरण नभएको अहिलेको अवस्था छ ।’ उनले भने, ‘यस्तो अवस्था अव धेरै रहँदैन यसलाई अन्त्य अव कर्णाली प्रदेश सरकारले गर्छ ।’ अहिलेको बजेटमा कर्णाली प्रदेश सरकारले अपांगता भएकना व्यक्तिहरुको क्षेत्रकै लागि एक करोड रुपियाँ बिनियोजन गरिएको बताउँदै मन्त्री बुढाले आफुहरु यस्तो क्षेत्रमा सहयोग गर्न निकै नै तयार रहेको बताए । उनले उक्त कम्पनीको अटोरिक्सा यात्रु बोक्न मिलनेगरी व्यवस्था गर्न समेत प्रहरीलाई निर्देशन दिए ।
अपांगता भएका व्यक्तिहरु हरेक किसिमले पटाडी परेको अवस्थामा आफुहरु लागि परेको खगेन्द्र शाही बताउँछन् । उनले अपांगता भएका व्यक्तिहरुप्रति हेर्ने नजर परिवर्तन गर्न जरुरी रहेको बताए । कम्पनीका अध्यक्ष किशोर शाहीले प्रदेश सरकार र विशेषगरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई धन्यवाद दिँदै अनुदानको पुर्णरुपमा सदुपयोग गर्ने बताए ।
अपांगता भएका व्यक्तिहरुलाई केवल अर्काको भर पर्ने भनेर गलत सोचाई रहेको हाम्रो समाजको फरक नजर बनाउनुपर्ने मनराज कठायतले बताए । कम्पनीले एकवर्षपछि सबै जिल्लामा शाखा विस्तार गरिने बताइएको छ । अहिले सिकेका सबै जिल्लाका अपांगता भएका व्यक्तिहरुलाई आआफ्नो जिल्लमा परिचालन गर्ने र हजारौलाई सिप सिकाएर आत्मनिर्भर र आम्दानी गर्ने बनाउने कमपनीले जनएको छ ।