२०८१, ४ चैत्र मंगलवार

कर्णाली सरकार कर्मचारीलाई विशेष प्रोत्साहन दिदैं

सुर्खेत ।
कर्णाली प्रदेश सरकारले सुर्खेत आउने कर्मचारहिरुलाई पनि जुम्लामा पाईने बराबरको प्रोत्साहन रकम दिने तयारी गरेको छ । कर्णालीको राजधानीमा आउन कर्मचारीहरुले नमानेका कारण सरकारले यस्तो प्रोत्साहन रकम दिने तयारी गरेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री एवम् सरकारका प्रवक्ता विमला केसीले जानकारी दिईन । ‘आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको नेतृत्वमा प्रोत्साहन रकम सम्वन्धी एक समिति बनाएका छौं ।’ मन्त्री केसीले भनिन, ‘उक्त समितिले कर्णालीमा आउने प्राविधिक कर्मचारीहरुलाई के कस्तो सेवा सुविधा दिन सकिन्छ भन्ने बारे अध्ययन गरि प्रतिवेदन ल्याउने छ ।’
उनले स्वास्थ्य क्षेत्रमा विशेषज्ञको अभाव हुने गरेको बताउँदै जुम्लामा कार्यरत डाक्टर सरहकै सेवा सुधिा दिएर भएपनि कर्णालीमा विशेषज्ञ डाक्टर ल्याइने उनको भनाई थियो ।
कर्णाली प्रदेश सरकारले आफ्नो संगठन र व्यवस्थापनमा हेर फेर समेत गरेको छ । यही भाद्र ६ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषिदको बैठकले कर्णाली प्रदेश अन्र्तगत जम्मा १ सय ५९ वटा इकाइ रहने गरी संगठन र व्यवस्थापनको निर्णय गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्रस्तावमा कर्णाली प्रदेश अन्र्तगत मन्त्रालय, सचिवाल, आयोग, कार्यालय गरि १ सय ५९ वटा ईकाई रहने गरी प्रस्ताव स्वीकृत गरेको प्रदेश सरकारकी भूमीव्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले जानकारी दिईन् । मन्त्री केसीका अनुसार नयाँ ओएनएम गरेर प्रदेश सरकारले नयाँ संगठन र व्यवस्थापनका लागि जम्मा २ हजार ५ सय ५५ दरबन्दी पनि स्वीकृत गरेको छ ।
मन्त्री केसीले नयाँ संरचना अनुसार सबै मन्त्रालयमा व्रिफिङ समेत गरिसकेको जानकारी दिईन् । अबको एक हप्ता भित्रै सबै जिल्लामा चार ओटा मन्त्रालय सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, भूसमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयका दुइ दुइ ओटा कार्यालय स्थापित भइ काम सुरु हुने उनको भनाई थियो ।
‘संघीय सरकारले दिएको नाम भन्दा हामीले भिन्नै नाम तोकेर कार्यालय स्थापना गर्ने भएका छौं ।’ मन्त्री केसीले भनिन, ‘कृषि ज्ञान केन्द्रको स्थानमा कृषि विकास कार्यालय र पशु विज्ञ केन्द्रको ठाउँमा भेटेरनरी अस्पताल तथा पशु सेवा कार्यालयको नाउमा कार्यालय खोलिनेछन् ।’ यस अघि संघले तोके अनुसारका कार्यालय स्थापना गर्दा डोल्पाका जनताले चौरजहारी आउने पर्ने वा अन्य जिल्लाका जनताले सेवा लिन अर्को जिल्लामा जानुपर्ने बाध्यता हटेको मन्त्री केसीको भनाई छ ।
मन्त्रीपरिषदको बैठकले दैलेख जिल्लाको गुँरास गाँउपलिकाको प्रशासनिक केन्दै साविक बराह गाँउविकास समिति वडा नम्बर ४ रतिखोलाबाट हालको गुराँस गाँउपालिका वडा नम्बर ५ को रानिमत्तामा सार्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । यसतै जम्ला जिल्लाको कणका सुन्दरी गाँउपालिकाको नाम परिवर्तन गरी खस हाँटसिजा नामाकरण गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ । बैठकले प्रदेश स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयक लाई केही परिमार्जन सहित प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।