२०८१, ७ बैशाख शुक्रबार

कराँते खेलाडी डम्मर शाही सम्मानित

kheladiसुर्खेत, भदौ ६ । नेकपा (एमाले) निकट युवा संघ, सुर्खेतले मलेसियाको राजधानी क्वालालम्पुरमा भएको पाँचौँ एसियाली गोजुरियो कराँते खेलमा तेस्रो स्थान ल्याउन सफल डम्मर शाहीलाई सम्मान गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी आइतबार युवा संघले शाहीलाई सम्मान गरेको हो । संघका जिल्ला अध्यक्ष खिमलाल देवकोटाले ७२ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा शाही तेस्रो भएर प्रदेश नम्बर ६ को मात्र नभई देशकै इज्जत राख्न सफल भएकोले उनलाई सम्मान गरिएको बताए ।

उनले राज्यबाटै अपेक्षा गरे अनुसारको संरक्षण नपाउँदा अभाव र प्रभावका बीच खेलाडीहरुले देशलाई चिनाउने काम गर्दै आएकोले खेलाडीको मनोबल बढाउनुपर्नेमा जोड दिए । सम्मान कार्यक्रममा क्षेत्रीय गोजुरियो कराँतेका अध्यक्ष रविन्द्र लम्सालले खेलाडीलाई राज्यले संरक्षण नदिएकाले समग्र खेल क्षेत्रको विकास हुन नसकेको दावी गरे ।

सम्मानित खेलाडी शाहीले राज्यले पनि खेलाडीको मनोबल बृद्धि गर्न सक्ने वातावरण सृजना गर्नेतर्फ ध्यान दिए खेलाडीले कुनै पनि ठाउँमा गएर जित सुनिश्चित गर्न सक्ने दावी गरे ।