२०८१, २१ बैशाख शुक्रबार

ढापदमारकिो वार्षिक साधारणसभा

cropped-logosसुर्खेत, भदौ ६ । ढाप दमारी सामुदायिक वन उपभोक्ता समूह, वीरेन्द्रनगर नगरपालिका–१२ र २३, सुर्खेतको १७ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभामा संस्थाका कोषाध्यक्ष चन्द्रप्रसाद आचार्यले आर्थिक वर्ष २०७२÷०७३ को आय–व्यय विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा वीरेन्द्रनगर रेन्जपोष्टका फरेष्टर अमृतलाल कँडेल, उपभोक्ता मनिसरा कामी, तुलाराम सापकोटा, पाराश्वर कँडेललाई सम्मानसमेत गरिएको छ ।

कार्यक्रममा सहभागीहरुले वनको संरक्षणमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।  कार्यक्रम समूहका अध्यक्ष डम्मरबहादुर केसीको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।