२०८१, १९ चैत्र बुधबार

पाकिस्तानः मतदान केन्द्रमा विस्फोट, २८ को मृत्यु

क्वेटा — पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटामा रहेको एक मतदान केन्द्रमा आत्मघाती बम विस्फोट भएको छ । विस्फोटमा परी कम्तीमा २८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएको एएफपीले जनाएको छ ।

पाकिस्तानमा बुधबार जारी राष्ट्रव्यापी आम निर्वाचनमा करिब १० करोड ६० लाखले मतदान गर्दैछन् । मतदान केन्द्रमा प्रवेश गर्न लागेका आत्मघाती आक्रमणकारीलाई प्रहरीले रोकेका थिए । तर उनले प्रवेशद्वारमा नै विस्फोटन गराएको क्वेटास्थित स्थानीय अधिकारी हासिम गिल्जाईले बताएका छन् । अन्य स्थानहरुमा पनि झडपहरु भएको र धेरै जना घाइते भएको बीबीसीले जनाएको छ ।