दुर्घटना न्युनिकरण गर्न, सडक र ट्राफिक सम्वन्धि कानुन आउछ : भण्डारी
सुर्खेत । कर्णाली प्रदेशका कानुन मन्त्री नरेश भण्डारीले सडक दुर्घटना न्युनिकरणमा ट्राफिक प्रहरीलाई सवैले सहयोग गर्नु पर्ने वताएका छन् । प्रदेश स्तरिय एक दिवसिय ट्राफिक सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले यस्तो वताएका हुन् । उनँले सवै जनता ट्राफिक बने मात्र सडक दुर्घटना न्युनीकरण हुने मन्त्री भण्डारीको भनाई थियो । भण्डारीले सडक र ट्राफिक सम्वन्धि प्रदेश सरकारले नयाँ कानुन ल्याउन लागेको जानकारी समेत दिए ।
यसैबिच, कर्णाली प्रदेशमा सडक दुर्घटना न्युनीकरण गर्न सडक संरचना निर्माणमा ध्यान दिनुपर्ने कार्यक्रमका सहभागीहरुले सुझाएका छन् । जिल्ला टाफिक प्रहरी कार्यालय सुर्खेतको आयोजनामा छिन्चुमा भएको कार्यक्रममा सडकको डिटेल सर्वे र इन्जिीनियरिङ विना नै सडक निर्माण हुदा सडक दुर्घटना वढ्नुको एउटा कारण भएको उनिहरुको भनाई छ । सिम्ता गाउपालीकाका अध्यक्ष कविन्द्र कुमार के.सीले जनप्रतिनिधि सम्वन्धित विषयगत कार्यलय नियमन गर्ने निकाय जिम्मेवार हुन आवश्यक रहेको वताए ।
लेकवेसी नगरपालीकाका प्रमुख गगनसिंह सुनारले सडक निर्माणमा ध्यान नदिदा र दिर्घकालीन असरका वारेमा होसीयारी नअपनाउदा कर्णाली प्रदेशमा सडक दुर्घटनामा वृद्घि भएको बताए । सुर्खेतका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले सडक निर्माणमा मापदण्ड पुरा नगरी निर्माण हुदा सडक सुरक्षीत नभएको वताए । उनले सडक र ट्राफिक नियम सम्वन्धि कानुन नियमको पालना गर्न गराउन नसकिएकोले सडक दुर्घटनामा कमि नभएको वताए ।
कर्णाली प्रदेशका प्रहरी प्रमुख शुरेश विक्रम शाहले , सडक दुर्घटना व्यवसायी, मानवीय ,सवारी पुराना सवारी साधन , र सडक संरचनाका कारण हुने गरेको वताए । सडक निर्माणको चरणदेखी कयौ कानुनि समस्या र चालकको कमजोरीका कारण दुर्घटना बढिरहेको नेपाल पत्रकार महासंघका अध्यक्ष गणेशकञ्चन भारतीको भनाई थियो । नेपालमा दैनिक ३५ वटा दुर्घटना र ५ जनाको मृत्यु हुने गरेको छ ।
दुर्घटना हुनुमा व्यावसायीको का साथै सवारी साधन प्रयोग कर्ता पनी दोषी पाईएको छ । सडक दुर्घटनामा प्राय १६ देखी २५ वर्ष उमेर समुहका नागरीकहरु पर्ने गरेका छन ।