२०८१, २० चैत्र बिहीबार

कर्णालीको बजेट २८ अर्ब ‘भौतिक पूर्वाधार, पर्यटन, कृषि प्राथमिकता’

सुर्खेत ।  कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७५ र ०७६ को बजेट सार्वजनिक भएको छ । शुक्रबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले २८ अर्ब २८ करोड २८ लाख २८ हजार रुपैयाँको बजेट विनियोजन गरेका हुन् । प्रदेश सरकारले ल्याएको बजेटमा भौतिक पूर्वाधार, पर्यटन, कृषि र रोजगारीलाई प्राथमिकता दिइएको छ । ५२ प्रतिशत गरिवी रहेको प्रदेशको गरिवी घटाउन उत्पादनमुखी सिपमुलक कार्यक्रमहरु सञ्चालन गर्नेे बजेटमा उल्लेख छ ।

त्यस्तै बजेटमा जनता सडक कार्यक्रमको सम्भाव्यता अध्ययन गरिने, प्रत्येक निर्वाचन क्षेत्रमा ५ करोड पर्ने गरी १ अर्ब २० करोड सांसदमार्फत खर्च गर्नेगरि बजेट विनियोजन गरिएको छ । राजधानी पूर्वाधार कार्यक्रमका लागि ११ करोड, अन्तर प्रादेशिक जोड्ने सडकका लागि १ अर्ब २८ करोड, ग्रामीण सडक पहुँच कार्यक्रमका लागी २० करोड र सहरी सडक साझेदारीका लागी १४ करोड रकम विनियोजन गरिएको छ । त्यस्तै भेरी बबई डाइभर्सन, नलसिं गाड, फूकोट कर्णाली, बेतान कर्णाली जलविद्युत आयोजना, जमुनाहा हिल्सा प्रधानमन्त्री अन्तर्रा्ष्ट्रिय द्रूतमार्ग (फास्ट ट्रयाक), हुम्ला र डोल्पा जिल्ला सदरमुकाम जोड्ने रणनीतिक राजमार्गहरू निर्माण र मर्मत सुधारका लागी १८ करोड बिनियोजन गरिएको छ ।

प्रदेश सरकारले ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने कार्यक्रम लागू गर्ने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले संसदमा पेश गरेको बजेटमा त्यसका लागि ६० करोड रुपैंया बजेट विनियोजन गरिएको छ । ‘समृद्धिका लागि सहकार्य’ भन्ने नाराका साथ जनताको सहभागिता र स्वामित्वमा ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रम अन्तर्गत स्थानीय तहसँगको साझेदारीमा विभिन्न पूर्वाधार विकासका कार्यक्रमहरू सञ्चालन गरिने छ ।

त्यस्तै छोरी–बुहारी प्राविधिक शिक्षा छात्रवृत्तिका लागी १ करोड ५० लाख, ६ हजार युवाहरूलाई छोटो अवधिको सीप विकास तालिम कार्यक्रम सञ्चालन गर्ने, एकल महिला, द्वन्द्व प्रभावित तथा दलित समुदायलाई प्राथमिकता दिने व्यवस्था मिलाइने त्यसका लागि सशर्त अनुदानबाट १० करोड ३० लाख बजेट व्यवस्था गरिएको छ, निर्वाचन क्षेत्रलाई आधार बनाएर विद्यालय पूर्वाधार सुधार कार्यक्रमका लागि २१ करोड बजेट विनियोजन गरिएको छ । साना तथा मझौला जलविद्युतका लागि २५ करोड तथा ‘कर्णालीको पानी, जनताको लगानी’ भन्ने नाराका साथ जलविद्युत निर्माणमा सक्रियता बढाउन पनि बजेट विनियोजन गरिएको छ ।

त्यस्तै डोल्पा र हुम्लामा ७० वर्ष उमेर पुगेका वृद्धवृद्धाको हवाइ भाडामा एक हजार अनुदान दिने, खाद्यन्न ढुवानीको लागि अनुदान दिन ४ करोड, सुर्खेतमा डाटा सेन्टर स्थपनाको लागि ३ करोड रुपैयाँ विनियोजन गरिको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई राजधानी पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत विस्तृत गुरु योजना तयार गर्नुका साथै पूर्वाधारका कार्यक्रमहरू अन्र्तगत नगरपालिकासँगको समन्वय र साझेदारीमा ११ करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै नेपाल सरकारसँगको समन्वयमा प्रदेशको राजधानी सुर्खेतको चक्रपथ निर्माण तथा स्तरोन्नति कार्यलाई अघि बढाइने बजेटमा उल्लेख गरिएको छ । जिल्ला सदरमुकामबाट प्रदेश राजधानी जोड्ने, कर्णाली प्रदेशबाट अन्य प्रदेश जोड्ने अन्तर प्रादेशिक तथा दुई वा दुई भन्दा बढी जिल्ला जोड्ने प्रदेश गौरवका सडक आयोजना निर्माण कार्यका लागी . १ अर्ब २८ करोड बजेट विनियोजन गरिएको छ । ग्रामीण सडक पहुँच कार्यक्रम अन्तर्गत प्रदेशका स्थानीय तहहरू प्रभावकारी र भरपर्दो सडक सञ्जालद्वारा आबद्ध गरिने छ । यस अन्तर्गत सडक निर्माण, मर्मत र स्तरोन्नति गर्ने कार्यका लागि रु. २० करोड बजेट विनियोजन गरिएको छ ।

स्थानीय तहहरूसँगको साझेदारीमा प्रदेशका विभिन्न सहरहरूमा सडक निर्माण र स्तरोन्नति गर्न सहरी सडक साझेदारी कार्यक्रम को लागि १४ करोड विनियोजन गरिएको शुक्रबार सार्वजनिक भएको बजेटमा उल्लेख छ । स्वच्छ खानेपानीमा जनताको पहुँच पु¥याउन प्रदेशका खानेपानी सुविधा नपुगेका स्थानहरूमा खानेपानी योजना छनोट गरी सञ्चालनमा ल्याइन उदेश्यले निर्माणाधिन आयोजनाहरू समयमै सम्पन्न गर्न ५० करोड बजेट विनियोजन गरिएको छ ।

सुर्खेत स्थित क्षेत्रीय अस्पतालको स्तर वृद्धि गरी प्रादेशिक शिक्षण अस्पतालको रुपमा विकास गर्न प्रादेशिक मेडिकल कलेजको स्थापना लागी . १० करोड विनियोजन गरिएको छ । कृषकहरूलाई उनीहरूको घरदैलोमा गई आवश्यकता र औचित्यका आधारमा साना किसान लक्षित कार्यक्रमका लागी ५ करोड, व्यावसायिक कृषक पेन्सन कार्यक्रम सञ्चालनका लागी ३ करोड , कृषि तथा पशुपंक्षीजन्य उत्पादनको भण्डारण गर्नको लागि प्रदेशका अति आवश्यक स्थानहरूमा शीत भण्डारको निर्माण गर्न. ४ करोड , प्रादेशिक स्तरमा अर्गानिक कृषि तथा पशुपंक्षी अनुसन्धान केन्द्र स्थापना का लागि रु २ करोड ५० लाख छुट्याएको छ ।

यसैबिच, प्रदेश सरकारको आर्थिक वर्ष २०७५÷०७६ को बजेट सार्वजनिक गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काङग्रेसका संसदिए दलका नेता जिवन बहादुर शाहीले पुरक बजेट भन्दा अहिले सुधार गरेर आएको भएपनि पनि ठोस रुपमा जे आउनु पथ्र्यो त्यो आउन नसकेको बताए । शुक्रबार वसेको कर्णाली प्रदेश सभाको दोस्रो वैठकको विशेष समयमा वोल्दै काङग्रेस संसदीय दलका नेता जीवन वहादुर शाहीले सभामा प्रस्ततु भएको वजेटमा प्रहरी लाई ठुलो मात्रामा वजेट छुट्टयाको प्रति आक्रोस व्यक्त गरे ।

उनले मुल्य वृद्घिको विरोधमा नेपाल विद्यार्थी संघले गरेको मुल्यबृद्धी बिरुद्धको शान्तीपुर्ण आन्दोलमा प्रहरी दमन गरेको भन्दै आपत्ति समेत जनाए । नेता शाहीेले पार्टी कार्यलय भित्रै प्रवेश गरी कार्यकर्ता एवम् विद्यार्थीहरुलाई दुव्र्यवाहार गर्ने प्रहरी अधिकारीलाई कारवाहीको माग समेत गरे ।