कर्णाली प्रदेशमा विशेष स्वास्थ्य योजना : मुख्यमन्त्री शाही
सुर्खेत, फाल्गुन १६ । छौठौं स्वास्थ्य सेवा दिवसको अवसरमा मध्यपश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालय सुर्खेतले वीरेन्द्रनगरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । राज्यको सबै तहमा स्वास्थ्य सेवाको पुर्वाधार, गुणस्तरीय र जनमुखी स्वास्थ्य सेवा संमृद्ध एबंम दिगो विकासको आधार, भन्ने मुला नाराका साथ छौठौं स्वास्थ्य सेवा दिवस देश भर मनाईएको यो कार्यक्रम सुर्खेतमा अन्तरक्रिया गरेर मनाईएको हो । उक्त अन्तरक्रिया कार्यक्रम्मा कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले स्वास्थ्य क्षेत्रमा कर्णाली प्रदेशको अवस्था निकै दयनिय भएकाले यस्को सुधार र विकासका लागी प्रदेश सरकारले विषेश योजना बनायर काम गर्ने बताए ।
मुख्य मन्त्री शाहीले प्रदेश सरकारको मुख्य एजेण्डा स्वास्थ्य क्षेत्रको विकास गर्नु भएको भन्दै तत्काल यस क्षेत्रको कायापलट गर्न नसकियता पनि विस्तारै परिवर्तन गदै जाने प्रतिक्रिया दिए । त्यस्तै समाजकल्याण मन्त्री दल रावलले स्वास्थ्यका विभिन्न सुचांकमा पछि परेको कर्णालीका सर्वसाधारणको निशुल्क उपचार लगाएतका व्यवस्था गर्ने गरि काम गर्ने बताए । उक्त अन्तरक्रिया कार्यक्रम्मा सहभागीहरुले आगामी दिनहरुमा प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा परिवर्तन गर्नु पर्ने र स्वास्थ्य क्षेत्रको विकासका लागी गर्नुपर्ने बताए । स्वास्थ्य सेवा दिवसको अवसरमा कर्णली प्रदेशका दश जिल्ला स्वास्थ्य कार्यालय मध्य उत्कृष्ट ३ जिल्ला स्वास्थ्य कार्यालयालाई सम्मान गरिएको छ ।
जस्मध्ये जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेत कर्णाली प्रदेश लगाएत नेपालकै उत्कृष्ट सेवा प्रदान गर्ने जनस्वास्थ कार्यालयको रुपमा सम्मानित भएको छ । त्यस्तै कर्णाली प्रदेश अन्तर्गत जिल्ला जनस्वास्थ्य कार्यालय कालिकोट द्धतिय र जिल्ला जनस्वास्थय कार्यालय सल्यान तेस्रो भएको छ । त्यस्तै उत्कृष्ट स्वास्थय सेवा प्रदान गरेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका सुचना अधिकारी बसन्तमान श्रेष्ठलाई सम्मान गरिएको छ । अन्यरक्रिया कार्यक्रम भन्दा अगाडि क्षेत्रीय अस्पताल कालागाउका विरामीहरुलाई मुख्यन्त्री शाहीले फलफुल वितरण गरेका थिए ।