२०८१, १९ बैशाख बुधबार

जनजातिद्वारा संविधान संशोधन गर्न माग

13938462_651251235050091_1720759992180915917_nसुर्खेत, साउन २६ ।
हरेक वर्ष अगस्ट महिनाको ९ तारिकका दिन विश्वभर मनाइने आदिवासी दिवस सुर्खेतमा पनि मंगलबार विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

२२ औ अन्तर्राष्ट्रिय विश्व आदीवासी जनजाती दिवसका अवसरमा नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् सुर्खेतद्धारा वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले संविधानले आदीवासी जनजातिका सबै मुद्धाहरु समावेश गर्न नसकेको भन्दै उनीहरुले उत्पीडित समुदायको मागहरु संविधान संसोधन मार्फत पुरा गरीनुपर्ने माग पनि गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ अधिवक्ता भुषणकुमार मानन्धरले जाति, वर्ग, धर्म सबैको मुद्दालाई समान संबोधन गर्दै संविधान बनेको भएपनि केहि कुराहरु छुट्न गएकाले ति छुटेका कुराहरुलाई संविधान संसोधन मार्फत सच्याउन सकिने बताए ।

‘पहिचान र अधिकार सहितको संविधान आदीवासी जनजातीका अडान, अपुरो संविधान संशोधनका लागी हाम्रो साझा अभियान’ भन्ने मुल नाराका साथ सुरु भएको कार्यक्रम अघि स्थानीय मंगलगढि चोकबाट आदीवासी जनजातिको पहिचान सहितको सांस्कृतिक झाँकीको प्रर्दशन संगै शुरु भएको ¥याली वीरेन्द्रनगर बजार परिक्रमा गरी जिल्ला विकास सुर्खेतको सभाहलमा पुगेर सभामा परिणत भएको थियो । झाँकीमा विभिन्न जातिगत संस्थाहरुको प्रतिनिधीत्व रहेको थियो ।

यसैगरी कार्यक्रमका अवसर पारी नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् सुर्खेतका संस्थापक तथा पूर्व अध्यक्षहरुलाई सम्मान पनि गरिएको छ । सम्मानित हुनेहरुमा परिषदका संस्थापक अध्यक्ष रविन्द्रनाथ दर्लामीमगर, पूर्व अध्यक्षहरु भिमबहादुर सिजालीमगर, मानबहादुर चौधरी तथा निर्वतमान अध्यक्ष मोहन गुरुङ्ग रहेका छन् ।

यसैगरी कार्यक्रममा नेपाल आदीवासी जानजाती महासंघ जिल्ला समन्वय परिषद् सुर्खेतका कार्यबाहक अध्यक्ष जीवनकुमार शाक्यले आदिवासि जनजातिलाई राज्यले हेपीरहेको भन्दै सरकारले अन्तर्राष्ट्रिय विश्व आदीवासी जनजाती दिवसका दिन सरकारले सार्वजनिक विदा दिनुपर्ने माग गरेका छन् ।

साथै उनले संविधानमा आदीवासी जनजातीको भाषालाई पनि कामकाजी भाषा बनाईनुपर्ने माग गरेका छन् । उनले आदिवासी जनजातिको भाषा, धर्म, संस्कृति माथि अतिक्रमण हुन खोजिरहेको भन्दै ऐतिहासिक पहिचानको आधारमा संविधान संसोधन हुनुपर्ने बताएका छन् ।