‘धर्म निरपेक्ष घोषणा गर्नु खेलबाड’
२०५२ साल मा हुम्ला बाट अध्यनको शिलशिलामा काठ्माणडौ प्रवेश गरेर उच्च शिक्षा हासिल गर्दै हिन्दु राज्य र राजतन्त्रको आबस्यक ठानेर राष्टिय प्रजातन्त्र पार्टि नेपाल को विद्यार्थि संगठन राष्टिय प्रजातान्त्रिक विद्यार्थि संगठन संग राजनितिक साइनो बनाई राजनितीक भविष्य देख्ने विद्यार्थि नेता हुन जनक फडेरा । राप्रवि संग ले भर्खरै प्रदेश नंवर छ को विद्यार्थिसंयोजकको रुपमा फडेरालाई तोकेको छ ।विद्यार्थि जिवनमा राजनितीको आवश्यक्ता तथा समसामयिक राजैनतिक परिवेशका बारेमा फडेरा संग पत्रकार बिस्नु फडेरा ले गरेको कुराकानि ।
१ तपाईको राजनितिक सुरुवात बताईदिनुहोस न ?
म सानै हुदा काठ्माण्डौ आए । गाउमा पढ्ने वातावरण नहुदा भनौ त्यतिखेर देशमा माओवादि जनयुद्ध ले गर्दा गाउमा पढाई भन्दा ज्यादा कार्यक्रम हुने र पढाई राम्रो नहुने डरले मेरो परिवारले मलाई काठ्माण्डौ पढ्न पठाउनु भयो सायद २०५२ साल तिर हो । त्यतिखेर देखि म ग्यालेक्सि स्कुलमा पढ्थे । स्कुलमा वक्तित्वकला क्विज कम्पेटिशन जस्ता एक्श्र्टा करिकुलम मा भाग लगिरहन्थे ।केहि वर्ष ग्यालेक्सिमा विताए । मलाई कार्यक्रममा वोल्न सानै दाखि मन पर्थ्यो त्यहि शिलशिलामा प्लश टु पाश गरिसकेपछि नेकपा एमाले को विद्यार्थि संगठन मा आवद्ध भए । पार्टिको पद्यति अनुरुप विद्यार्थि नचलेको महशुस भयो । त्येशपछि राप्रपा नेपालको एजेन्डा प्रजातान्त्रिक पद्धति अनुरुप भएको ले म राप्रपा नेपाल को विद्यार्थि संगठन संग आवद्ध भए । पार्टिले मलाई र मेरो जिम्मेवारिलाई मध्यनजर गर्दै हाल प्रदेश नंवर छ को राप्रपा नेपालको भातृ संगठन राष्टिय प्रजातान्त्रिक विद्यार्थि संगठन को संयोजकको जिम्मेवारि तोकेको छ ।
२ विद्यार्थि जिवन मा राजनिति र अध्ययन कत्तिको सजह छ ?
विल्कुलै सहज छैन । अध्यन व्यक्तिका लागि अनिबार्य मानिन्छ भने राजनिति व्यक्तिमा भर पर्ने कुरा हो । शिक्षाले उज्यालो फैलाउने काम गर्छ भने राजनितिले कुनै पनि व्यक्तिको पाठ्यक्रम भन्दा बाहिरको ज्ञान बु∆न मद्धत पु¥याउदछ । केहि हद सम्म सहज होला तर दुबै तिर हिड्न अलिकति असहज नै हुन्छ । त्यसलाई व्यबस्थित गर्ने नगर्ने व्यक्तिमा भर पर्ने कुरा हो । म भन्छु कि विदार्थि जिवनमा राजनिती आवश्यक हुन्छ ।
३ प्रदेश नंवर छ मा तपाईले सम्पुर्ण विद्यार्थिलाई फाइदा हुने खालका केहि एजेन्डा बनाउनु भएको छ?
प्रदेश नंवर छ को भर्खरै संरचना भयो र देश प्रादेशिक संरचनामा जाने हुदा पार्टिले सबै प्रदेशमा विद्यार्थि संगठनको संयोजक तोकेको हो ।म र मेरो संगठन विद्यार्थिहरुको हक हितका लागि जस्तो सुकै परिश्थितिमा पनि पछाडि हट्दैनौ , किन भने मेरो संगठन ले शिक्षालाई व्यापार बनाएर विद्यार्थि लुट्ने लुटतन्त्रको अन्त्य गर्ने , गुणस्तरिय शिक्षामा पहल गर्ने , विद्यार्थि लाई दिइने स्कलोरसिप दुर्गुमका आधारमा होईन वर्गको आधारमा दिइनु पर्छ भन्ने मेरो पहिलो एजेन्डा हो ।
४ तपाइले भनेको जस्तो वर्ग भनेको कस्तो हो ?
एउटा विद्यार्थि कलेजमा आएर पढ्छ । कलेजमा हुने विभिन्न् किसिमका अनुदानमा यो जात त्यो जात भनेर हुने खानेका छोराछोरिहरु ले पढेका हुन्छन । पढाईमा अव्वल हुने तर आर्थिक स्थ्तिि कमजोर हुने विद्यार्थि जातियताको चपेटामा परेर पढ्न गाह्रो भईरहेको स्थिति छ । जस्को शोर्स फोर्श हुदैन जो नेता संग नजिक हुदैन जसको आर्थिक अवश्था नाजुक छ त्येस्ता विद्यार्थि स्कलोरशिपमा पढ्न पाईरहेको अवश्था छैन । अब मेरो संगठनले पैशा दिएर स्कलोरशिपमा नाम निकाल्ने प्रवृति लाई अन्त्य गर्ने छ र गरिव वर्ग पहिचान गरेर शिक्षालाई गुणस्तरिय बनाउन मद्धत पु¥याउने छ ।
५ सबै विद्यार्थिको हक हितको लागि काम गर्छौ भन्छन विद्यार्थि लाई प्रयोग गर्छन अनि आफु ओहोदामा पुगेपछि ईतिहाश बिर्सन्छन नि ?
होइन , विद्यार्थि लाइ राम्रो गरेर विद्यार्थिको मन खुशि पार्नु पनि एउटा विद्यार्थि नेताको सफलता हो । बिडम्वना भन्नु पर्छ आफु हिडेको बाटो बिर्सने नेपालको राजनितिक ईतिहाश छ । तर अरुको भलाई मा खट्ने मान्छे लाई फल पनि त पाउनु प¥यो नि होईन र ?
६ तपाईको पार्टिले संघियताको विरोध गरेको र संघियता लागु गरेमा देश खतरा हुने सम्भावना हुन्छ भनेको आम सवै जनतालाई थाहा भएकै कुरा हो । फेरि तपाईको संगठनले देश प्रादेशिक स्वरुपमा जाने भन्दै सात वटै प्रदेशमा संयोजक तोकेको छ । के राप्रपा नेपाल ले स्विकारेको भन्न मिल्छ ?
होईन । स्विकारेको छैन । हो हामिले संघियता लाई आलोचनात्मक समर्थन गर्दै आयका छौ । संघियताले देश टुक्राउने हुदा हामिले टुक्राउनहुन्न मात्र भनेका हौ । प्रादेशिक संरचना अनुरुप विद्यार्थि संगठनको जिम्मेवारि पनि तोकेकै हो । विशेष गरेर स्वतन्त्र विद्यार्थि युनियन को निर्वाचन लाई मध्यनजर गर्दै हामिले यो निर्णय गरेका हौ ।
७ देश संघियतामा गईरहेको अनि संविधानमा नै धर्मनिरपेक्ष राज्य व्याख्या सहित घोषर्णा भएको अवस्थामा तपाईका पार्टिले हिन्दुराज्य अनि राजतन्त्रको वकालत गरिरहेको छ । के यो नारा सम्भव छ त ?
घर्मनिरपेक्ष घोषर्णा गर्नु भनेको नब्बे प्रतिशत हिन्दु जनता माथि खेलवांड हो । हो हामिले संविधान लाई मान्नु पर्छ । विभिन्न पार्टिहरुले गरेको धर्म निरपेक्ष सम्बन्धि सम्झौता ले देशलाई धार्मिक युद्ध तिर लैजान्छ । विभिन्न संघ सस्थाका नाममा धर्म परिवर्तन गराएर हिन्दु धर्मलाई शंकट पारिरहेको अवस्था छ । हामिले जनप्रतिनिधिको थ्रो बाटनै नेपालमा हिन्दु राष्ट ल्याउनु पर्छ । हाम्रो पार्टिको नारा हिन्दु राज्य र राजतन्त्र एक दिन अवश्य पुरा हुनेछ । अर्को कुरा जनताले धर्मनिरपेक्ष चाहेको हो कि हिन्दु राज्य ? जनमत संग्रह गरौ न त । हामि हिन्दुराज्य र राजतन्त्रको वकालत गरिरहेका छौ र गरिरहने छौ ।
८संघियतामा गयो भने देश विकाश हुन्छ भन्छन नि ?
विल्कुलै गलत हो । पृथ्वीनारायण शाहले एकिकृत गरेको नेपाल फेरि टुक्राउने खेल मात्र हो यो । नेपालमा हाल १२३ जाति छन । ति प्रत्येक जातिलाई छुट्टाछुट्टै राज्य वनाउने हो भने देशमा जातिए दंगा हुन्छ , मानवता हराउछ अनि देश विखंडन तिर जान्छ । हामिले आर्थिक क्रान्ति चाहान्छौ र अवको विकल्प नै आर्थिक क्रान्ति हो