२०८१, १५ मंसिर शनिबार

अन्र्तबार्ता कालीकोट रास्कोट नगरपालिका प्रमुख रहेका धर्मराज शाही(पोषण)

कालीकोट रास्कोट नगरपालिका प्रमुख रहेका धर्मराज शाही(पोषण)ले गत बैशाख ३० गते भएको निर्वाचनमा नेकपा(माओवादी केन्द्र)बाट विजयी भएका हुन् । ३७ वर्षका शाही ३०४७ मत ल्याएर विजयी भएका थिए भने उनका निकतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) २११७ पराजय भएका थिए । बुबा परेकबहादुर शाही र आमा सुनपुरा शाहीको कोखमा जन्मिएका शाही सानै उमेरमा सशस्त्र माओवादी द्वन्द्वमा सामेल भएका थिए ।
तिनै शाहीसँग नगरपालिका प्रमुखमा विजयी भएपछि रास्कोट नगरपालिका भावी योजना र रास्कोट नगरपालिकाको विकासका लागि बनाएका योजनाका बिषयमा नयाँ नेपाल दैनिकले गरेको कुराकानीको सम्पादित अंशः सम्पादक
तपाई नव निर्वाचित भएर आएपछि कार्यकालको पहिलो गाउँसभा पनि गर्नुभयो । समृद्ध रास्कोट नगरपालिका बनाउनका लागि के–के काम अगाडी बढाउनु भएको छ ?
– हामीले हाम्रो नगरपालिका पहिलो पटक केही नयाँ काम गर्न खोजिरहेको छौ । त्यसका लागि हामीले नीति तथा कार्यक्रम र बजेटमा नयाँ कार्यक्रम ल्याएका छौं । हाम्रो रास्कोट नगरपालिकामा लामो समयदेखि सडक बनेको छ । त्यसको खासै उपभोग हामीले गर्न सकेका छैनौ । त्यसको लागि नगरपालिकाका नागरिकले सुबिधा लिनु भएको छैन् । त्यसलाई आधार बनाएर नगर बस सञ्चालन गर्ने योजना बनाएका छौं । दुईदेखि तिन वटा नगर बस वर्ष यसै वर्ष भित्र सञ्चालन गर्छौ ।
त्यस्तै, सामाजिक सुरक्षा भत्ता लिनका लागि नागरिकहरुले निकै सास्ती खेप्नु परेको अवस्था रहेको छ । हामीले सामाजिक सुरक्षा भत्ता घर दैलोसम्म पु¥याउन नसकेपनि वडा कार्यालयसम्म सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गर्ने योजना बनाएका छौं ।
अर्को कुरा हामीले नागरिकको स्वास्थ्यलाई ध्यान दिएर ‘हेलो मेयर, हेल्थ केयर’ कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छौं । यो कार्यक्रममा हामीले अस्वस्थ, असाहय, बृद्धबृद्धा, असक्त, सुत्केरी महिला, पालिकास्तर, स्थानीय स्तरमा उपचार पाउन नसकेका नागरिकलाई लक्षित गरेर कार्यक्रम ल्याएका छौं ।
नागरिकको सेवा सुबिधाका लागि हरेह नागरिकको घर दैलोमा पुगेर स्वास्थ्य परीक्षण, घटना दर्ता लगाएतका अन्य सेवा सुबिधाका शिविर नै सञ्चालन गरेर हरेक नागरिकमा स्थानीय सरकार छ भन्ने अनुभुति दिलाउने प्रयन्न हाम्रो रहनेछ ।
शैक्षिक क्षेत्रको हिसाबले लामो समयदेखि रास्कोट क्याम्पस बन्न सकेको अवस्था छैन् । त्यसलाई बनाउने तयारी गरेका छौं । कृषिमा उत्पादनशिल क्षेत्र बनाउन तयारी छ । कृषिको बजारीकरणका लागि नगरपालिकाले नै कृषि उपजका बस्तु निर्यातका लागि हामीले कुनै यातायातको साधनको व्यवस्था गर्ने योजना रहेको छ । सस्तो सुलभ ढुवानी भाडा दरमा कृषि उपजका बस्तु निर्यात गर्नका लागि वा संकलन गर्न सहज होस भनेर यो योजना बनाएका छौं ।
यी योजना मात्रै तपाईहरुले नगरपालिकालाई आत्मनिर्भर र रोजगारमूलक बनाउन सक्नुहुन्छ त ?
– यो निकै जटिल बिषय हो । आत्मनिर्भर नभएर रोजगारीको सिर्जना हुँदैन् । रोजगार बिना आत्मनिर्भर पनि हुन सकिदैन् । यो निकै बिरोधाभास बिषय छ । हाम्रो नगरपालिकामा बेरोजगारी समस्या पनि निकै ठुलो छ । यूवाहरुको संख्या बढ्दो अवस्थामा रहेको छ ।
अर्थतन्त्र मेरुदण्डका रुपमा युवाहरु नै हुन् । युवाहरुलाई रोजगारी दिन सकिएन् भने अर्थतन्त्र बलियो हुँदैन् । अहिलेसम्म नेपाल सरकारले अलम्बलन गरेको तिनखम्बे अर्थनीति हो । सरकारी, नीजि र सहकारी । यी तिनै बिधि अबलम्बन गरेर युवाहरुलाई रोजगारी दिने लक्ष्य हामीले राखेका छौं ।
साना साना उद्योग सञ्चालन गरेर भएपनि रोजगारी दिन सकिन्छ भन्ने हाम्रो लक्ष्य रहेको छ । त्यहाँ उत्पादन भएका बस्तुहरु आज खेर गइरहेको छ । त्यसलाई उद्योगमार्फत उत्पादन गरेर व्यवसायिक बनाउने लक्ष्य राखेका छौं । स–साना उद्योगले पनि राम्रो उत्पादन गरेर बजारीकरण गर्न सकियो भने रोजगारीको अवस्था सिर्जना हुन्छ । स्थानीयस्तरमा उत्पादन हुने आलु, स्याउ, ओखर, सिस्नु, फापर, मकै, कोदो लगाएतका अन्नबालीबाट उत्पादन बस्तुको पुरुस्कृत रुप के हुन सक्छ ? त्यसको अध्यायन गरेर दुई चार जनालाई रोजगारी हुने गरेर युवाहरुलाई सञ्चालन गर्न प्रोहोत्साहित गर्ने लक्ष्य राखेका छौं ।
अर्को कुरा हामीले सर्वसुलभ रुपमा त्यहाँ उत्पादन भएको बस्तुको बजारीकरणका लागि निर्यात आयातका लागि स्थानीय सरकारको ऋण लगानीमा प्रत्येक वडामा सुपथ पसल सञ्चालन गर्ने लक्ष्य राखेका छौं । ती सुपथ पसलहरुमार्फत त्यहाँ उत्पादन भएको बस्तु बजारीकरण र स्थानीय युवाहरुलाई रोजगारीको व्यवस्था गरोस ।
सुपथ मूल्य पसलको कुरा गर्नुभयो कस्तो खाले सुपथ मूल्य पसल ?
– मैले अघि पनि भने, त्यहाँ उत्पादन हुने बस्तुको बजारीकरण लागि । अर्को कुरा दैनिक उपभोग्य बस्तुहरुको बिक्रि वितरण गर्ने गर्ने पसल । नागरिकहरुले खाद्यान्न, तरकारी, दुध्धजन्य बस्तुलगाएतका बस्तुहरु सर्वसुलभ र सस्तो मूल्यमा बिक्रि वितरण गर्नका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने भनेको हो । स्थानीय उत्पादन बिषेश ध्यानमा राखेर यी पसलहरु सञ्चालनमा ल्याउने सोचेको छौं । ती दैनिक उपभोग्य बस्तुको महङ्गी र कालोबजारी अन्त्य गर्नका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने योजना बनाएका छौं । यसका स्थानीय सरकारले स्थानीय नागरिक, सहकारी वा समूहसँग सल्लाह गरेरर काम अगाडी बढाउने सोचेको छ ।
तपाईको नगरपालिकाले तिन वटा भू–भाग समेटेको छ । त्यहाँ फलफूल उत्पादन क्षेत्रमा रुपमा रहेको यसलाई कसरी उत्पादनसँग जोड्नुहुन्छ ?
–हाम्रो तल्लो भागमा सुन्तला, केरा र आँप उत्पादन हुने गर्दछ । माथिल्लो भागमा पनि स्याउ र ओखर उत्पादन हुन्छ । बीचको त्यस्तै अन्य नगदे बाली र फलफूल उत्पादन हुने गरेको छ । प्राकृतिक हिसाबले रास्कोट नगरपालिका बरदानका रुपमा रहेको छ । अहिले हामीले उत्पादन गरेको अव्यस्थित तरिकाले भएको छ । अब हामीले माटोको परीक्षण गरेर कुन क्षेत्र, कुन ठाउँमा कुन बाली फल्छ भनेर माटो परीक्षण गरेर व्यवस्थित रुपमा अन्नबाली, नगदेबाली र फलफूल उत्पादनमा जोड दिने लक्ष्य राखेका छौं ।
शिक्षा क्षेत्रको विकासका लागि के कामको थालनी गर्नुभएको छ ?
– नगरपालिका अन्य क्षेत्रको विकास हे¥र्यो भने सन्तोषजनक नै देखिएको छ । तर, शिक्षा क्षेत्रमा भने अनुसारको विकास हुन सकेको छैन् । स्वास्थ्य क्षेत्रको विकास अहिले एमडीस्तरका डाक्टर उपचार दिइरहनु भएको छ । अब एमडिजीपी डाक्टर ल्याउने तयारीमा छौं । सडक पनि कालोपत्रे हुदैँछ । खानेपानी, नगर भित्रको रिङ रोड बनेको छ । खानेपानी प्रायः सबै घरधुरीमा पुगेको छ । केही घरधुरी मात्रै बाँकी रहेका छन् ।
खासमा चाहे जस्तो राज्यको लगानी अनुसार शिक्षामा विकास हुन सकिरहेको छैन् । मैले शिक्षामा सुधार हैन् । अब क्रान्ति गर्नुपर्छ भनिरहेको छु । पराम्परागत शिक्षा प्रर्णालीमा परिवर्तन आएन भने शिक्षामा क्रान्ति गर्नुपर्छ । हामीले अस्ति नगर शिक्षा समितिको बैठकमा अब विद्यालयको प्रधानाध्यापक हुने व्यक्तिले आफ्नो कार्ययोजनासहित कार्ययोजना पत्र पेश गर्नुहोस् भनेको छु । प्रधानाध्यापक भएपछि मैले शिक्षा सुधारका लागि यो–यो काम गर्छु भनेर कार्ययोजना पेश गर्न भनेको छु । शिक्षामा कसरी परिवर्तन ल्याउने भनेर शिक्षाविद्हरुलाई ल्याएर शिक्षक, विद्यार्थी अभिभावकबीचमा एउटा गोष्ठी राख्ने सोचेको छु । साउन भदौ एउटा लामो तिन दिने वा पाँच दिने गोष्ठी राख्ने सोचेको छु । त्यो गर्दा पनि भएन भने हामी नयाँ तरिकाले अगाडी बढ्छौं ।
नागरिकको आधारभूत आवश्यकता स्वास्थ्य क्षेत्र पनि हो । नजिकको सरकारका हैसियत तपाईहरु कसरी अगाडी बढ्नु हुन्छ ?
– स्वास्थ्य क्षेत्रमा हाम्रो नगरपालिका निकै अगाडी बढेको छ । आधारभूत स्वास्थ्य, स्वास्थ्य चौकी र नगरमा स्वास्थ्य अस्पतालमा विकास भएको छ । रवि लामिछानेले पहिले रास्कोटमा अस्पताल बनाउनका लागि पहल गर्नुभयो । अस्पताल सञ्चालनमा ल्याएर अहिले रास्कोट नगरपालिकालाई हस्तान्तरण पनि गर्नुभयो । अहिले दुई जना डाक्डर सावहरुले डिउटी दिइरहनु भएको छ । सेवा प्रवाह भइरहेको छ ।
हामीले त्यसैमा चित्त बुझाएका छैनौ । अब एमडिजीपी सेवा सञ्चालन गर्ने तयारी थालेका छौं । जनरल अप्रेशन पनि त्यहाँ गर्ने कि भन्ने कि भन्ने सोच बनाएका छौं । सुत्केरी हुन नसक्ने दिदिबहिनी लागि ठुलो संकट रहेको छ । राज्यको ठुलो व्ययभार त्यसैमा खर्च भएको छ । प्रस्सुति सेवा त्यहीबाट दिने लक्ष्य राखेका छौं । अन्य जनरल अप्रेसन पनि त्यहीबाट दिन सकिन्छ कि भनेर सोचेका छौं । संमग्रमा हामी के गर्न सकिन्छ । त्यसमा हामी लागिरहेका छौं ।