२०७९, २७ श्रावण शुक्रबार

कर्णाली प्रदेश सरकारले साउन १ गते देउडा दिवस मनाउने, दियो सार्वजनिक विदा

सुर्खेत : कर्णाली प्रदेश सरकारले साउन १ गते देउडा दिवस मनाउनका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कर्णाली प्रदेशमा साउन १ गते देउडा दिवस मनाउनका लागि प्रत्येक २०७८ सालदेखि विदा दिदैँ आएको छ ।
२०७८ चैत २९ गते बसेको मन्त्रिपरिषद्को वैठकले हरेक वर्ष साउने संक्रान्ति र देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता नीधि राज न्यौपानेले जानकारी दिए । ‘पुरानो निर्णय अनुसार यस वर्ष पनि बिदा दिइएको हो ।’ उनले भने,‘बिदाको दिन कर्णालीका सरकारी तथा सार्वजनिक संघ संस्थाहरू बन्द रहने छन् ।’