१२ खरी पढेर वकिल !
सुर्खेत : रारा कर्णाली पर्यटन बर्ष २०७५ उद्घाटन समारोहमा स्थल रारा ताल छेउँमा एउटा सेतो जुङ्गा पालेका कालो कोट र टोपी लगाएर चिटिक्क परेका उमेर ढल्कि सकेको एकजना चुरोट तन्काइरहेका थिए । तिनै मान्छेलाई एक जना अधबैशे मानिसले कविल साव जाउँ भन्यो । हामीले उनको बारे जान्न खोज्यौं । के यी उमेर ढल्केका मानिस साच्चै वकिल नै होलान् र ?
तिनै चुरोट सल्काएर बसिरहेका बृद्धले आफ्नो परिचय दिए । जन्म बि.स. २००० मा मुगुको छायाँनाथ रारा नगरपालिका वडा नंं. १ को छल्यालवाडा । २०२२ सालमा एउटा बाह्माण गुरुबाट १२ खरी पढेको । त्यसपछि २ पटक गाउँकै स्कुलमा मास्टर भएर राजीनामा दिएको । अहिलेको मुगुका अधिकांस मानिसहरुको नामी वकिल ।
१२ खरी मात्र पढेका मानिस काही वकिल बन्न सक्छ ? यो अहिलेको जमानामा गम्भीर प्रश्न हो । तर, मुगु छायाँनाथ रारा नगरपालिका वडा नं. १ का ७८ बर्षिया गगनबहादुर मल्ल १२ खरी मात्र पढेका छन् । उनी मुगुका चल्तापुर्जा नामी वकिलले चिनिन्छन् । गाउँले सबैले मल्ललाई वकिल साव भनेर सम्बोधन गर्दछन् । गाउँलेहरुले वकिल साव नभनेर के भनुन्त उनी गाउँलेका मुद्धा मामिला पर्दा अदालतमा लेखापढी गरिदिने सबै उनै हुन् ।
उसो त उनले लेखापढी गर्न पाउने अधिकार गैर न्यायिक क्षेत्रमा हो । तर, मुगुमा कानुन ब्यवसायी कमै भएका कारणले उनले अदालतमा न्यायिक क्षेत्रमा लेखापढी गर्न पाएका हुन् ।
२ पटक गाउँमा नै शिक्षक भएका उनले जिल्ला अदालत मुगुबाट २०४० सालमा मल्लले लेखापढीको मान्यता लिए । उनले अदालतमा आउने मुद्दा मामिलाको लेखापढी सुरु गरे । लेखापढी शुरु गरेपछि आफु जिल्लाकै नामुद वकिल परिभाषा दिएको बुढौयलिको जोस निकाल्दै मल्लले भने,‘त्यो जमानामा ८ खरी पढेको मानिस स्कुलको मास्टर हुन्थ्यो । म १२ खरी पढेको मानिस त नामुद वकिल नी ।’
मल्लले कयौं पटक सरकारी वकिलसँग बिपक्ष भएर वहस पनि गरेका छन् । दुर्गम गाउँमा वकिल पढेका कोही नहुने सामान्य लेखापढी गर्नेले मान्यताप्राप्त वकिल नभएका बेला बहस गर्नुपर्ने भएकाले कयौं पटक अदालतमा वहस पैरवी गरेको मल्लले बताए । ‘हाम्रो मुगु जिल्लामा कविल पढेका कोही थिएनन् । अहिले पनि कोही छैनन् ।’ उनले भने,‘एक जना वकिल पढेका शाही थिए । उनले अहिले मास्टरी गरिरहेका छन् । यहाँका वकिल भनेका नै हामी अदालतबाट लेखापढी लिएका मात्र हौं ।’
मल्लले आफुले अदालतमा वहस र पैरवी गरेर विजय भएको एउटा मुद्दा जितेको अहिले पनि सम्झिन्छन् । जोसिन्छन् । कुरा २०४७ सालको हो । बहुदलिय ब्यवस्था स्थापना भईसकेपछि जिल्ला विकास समितिले मुगुले गाविस सचिव नियुक्ति गर्नुपर्ने भयो । एलडियो(स्थानीय विकास अधिकारी)ले गाउँ विकास समितिका सचिव करारमा नियुक्ति गर्दा घुस खायो भनेर सबै तिर हल्ला चल्यो । सबैले बिरोध गरेपछि केही मान्छेलाई एलडियो (मल्लले नाम बिर्सिए) जिल्ला अदालतमा मुद्दा दायर गरे । आफु चौतारामा नजिकै पुगेको बेला लुटिए लट्ने मानिस यी यी मान्छे थिए भनेर । यो मुद्दामा मल्लले नै वहस गरे । अदालतमा त्यतिबेला न्यायधिश थिए प्रेमबहादुर केसी । एलडियो सदरमुकामबाट घुमगाउँ आउदै गर्दा गाउँकै चौतारामा लुटिएको भनेर अदालतमा मुद्दा दायर गरेका थिए । त्यो मुद्दामा मल्लले नै जिल्ला अदालतमा बहस गरे ‘सदरमुकामबाट घुमगाउँ आउदै गर्दा गाउँकै चौतारामा लुटिएको एलडियो तर्कमा मल्लले चौतारा सार्वजनिक स्थल भएकाले त्यहाँ अरु पनि मानिस हुने पर्ने र त्यहाँ अरु कसैले नदेखेकाले एलडियो लुटिएका हैनन् भनेर । जिल्ला अदालत मुगुले मल्लले तर्क कै आधारमा एलडियोको बिपक्षमा फैसला ग¥र्यो । एलडियोले पुनरावेदन अदालत जुम्ला मुद्दा गरे त्यहाँ पनि त्यही तर्क साथ एलडियो विपक्षमा फैसला भयो । एलडियो सर्वोच्च अदालत काठमाडौंमा गए त्यहाँ पनि एलडियो विपक्षमा फैसला भएको’ मल्लले सुनाए ।
पहिला पहिला गाउँमा पढेका कोही पनि मानिस नहुने र त्यो बेला कहिलेकाँही बादी र प्रतिबादी दुबै मुद्दा आफुले नै लेखिदिनु पर्ने अवस्था रहेको मल्लले बताए । ‘पहिला पहिला गाउँमा वकिल पढेका मानिस कमै हुन्थे ।’ उनले भने,‘कहिलेकाँकी बादी र प्रतिवादीका मुद्दा दुबै आफुले नै लेखिदिनुपर्छ ।’
बुढौयलीले छोएका मल्ल अहिले पनि अदालती मुद्दामा लेखापढी गरिहरने गरेको छन् ।
मल्लले लेखापढी ब्यवसायमा लागेर नाम र दाम दुबै कमाए छोराछोरीलाई राम्रै स्कुलमा पढाए । अहिले एउटा छोरामध्ये एउटा छोरा स्कुलमा मास्टर, एउटा छोरा कानुन ब्यवसायी र एउटा छोरी अहिले गाउँपालिकाको उपाध्यक्ष रहेका छन् ।
मुगुका गाउँलेहरुले अहिले पनि मल्ललाई वकिल साहेब भनेर पुकार्ने गरेको पत्रकार कविराज कार्कीले बताए । ‘बुढा अहिले पनि लेखापढी ब्यवसाय गरिरहेका छन् ।’ उनले भने,‘गाउँले सबैले बुढालाई वकिल साहेव भनेर बोलाउँछन् ।’