२०८१, १९ बैशाख बुधबार

प्रदेश नं. ६ का लागि सुर्खेतिले बलिदानी दिएको दिन

jumlaसुर्खेत, साउन २५ ।
सुर्खेती आम नागरिकहरु र समग्र प्रदेन नं. ६ का लागि आज विशेष दिन हो । एक वर्ष अगाडि आजकै दिन सुर्खेती तीन जना नागरिकले बलिदानी दिएका थिए ।

सिमाङकनको असहमतिमा सुर्खेतमा आन्दोलन भएको ठिक एक वर्ष पुगिसकेको छ । ठिक एक वर्ष अगाडि आज कै दिन उक्त आन्दोलनमा तीन जना सर्वसाधारण सुर्खेतीले बलिदान दिएका हुन । जसको फलस्वरुप हालको प्रदेश नं. ६ बनेको हो ।

मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा मिसाइदिएपछि सुरु भएको सुर्खेतको आन्दोलनका क्रममा प्रहरीले दमन गर्दा गत साउन २५ गते आजकै दिन सुर्खेत वीरेन्द्रनगर–३ भैरबस्थानका ५० वर्षे टिकाराम गौत, र वीरेन्द्रनगर नगरपालिका–८ का २७ वर्षिय यामबहदुर वी.सी., वीरेन्द्रनगर नगरपालिका–३ कै गोपालसिंह रजवार विभिन्न छुट्टाछुट्टै स्थानमा मृत्यु भएको थियो ।

आन्दोलन गर्दा पनि जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरुले सुनुवाई नगरेपछि आक्रामक बनेका नागरिकहरु तोडफोडमा उत्रिएपछि प्रहरीले ताकेर गोली हानेको थियो । आक्रामक बनेका नागरिकहरुले पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काको घरमा तोडफोड गर्न थालेपछि आजकै दिन प्रहरीेले उनको घर बचाउन गोली प्रहार गरेका थियो । त्यस क्रममै गौतमको मृत्यु भयो । सिमाङकनको असहमतिमा सुरु भएको आन्दोलनमा गौतमले नै पहिलो मृत्युबरण गर्न बाध्य भए ।

२५ गते नै गौतमलाई गोली लागेर मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यू जारी ग¥यो । त्यसक्रममा साथीहरुलाई भेटेर वातावरण सुधार समाज संस्थाबाट घर फर्कदै गर्दा कालिङचोक नजिक प्रहरीले हानेको गोली लागेर यामबहादुर वी.सी.को मृत्यु भयो । यस्तै गोपालसिंह रजवारको पनि सोही दिन स्थानीय मंगलगढीमा भएको झडपमा मृत्यु भएको थियो ।

उनीहरुकै बलिदानीका कारण सरकारले पछि मध्यपश्चिमका कर्णालीका मुगु, डोल्पा, हुम्ला, जुम्ला र कालिकोट, भेरी अञ्चलका जाजरकोट, दैलेख र सुर्खेतका साथै राप्ति अञ्चलकासल्यान र रुकुम जिल्लालाई मिलाएर छैटौ प्रदेश घोषणा गरेको थियो ।
यसैबीच प्रदेश नं. ६ का लागि बलिदान दिने तीन जना सुर्खेतीकोएक वर्ष पुगेको सम्झनामा आज –मंगलबार) यहाँको वीरेन्द्रनगरमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ ।

को हुन प्रदेश नं. ६ का लागि बलिदान दिने ?

पेन्टिङ् गरेर परिवार पाल्थे:  गौतम
बि.स. २०२३ सालमा जन्मेका टिकाराम गौतम वीरेन्द्रनगर–३ भैरवस्थानका स्थानीय बासिन्दा हुन । बाच्नका लागि गतिलो पेसा नभएपछि गौतमले पेन्टिङ् गर्दै घर खर्च चलाउने र छोराहरुलाई उच्च शिक्षा अध्ययन गराएका थिए ।

महिनामा कस्सेरै काम गरे २५ हजारसम्म आम्दानी गर्ने गौतमको गत वर्ष आजकै दिन आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर धमलाचोक नजिक मृत्यु भएको थियो । उनका जेठा छोरा अमृत गौतमले गोली लागेर छटपटाईरहेका बुवालाई समात्न खोज्दा प्रहरीको उल्टै लाठी खानु प¥यो ।

बुवाको शोकमा रहेका कान्छा छोरा दिपक आन्दोलनको घाईते पनि हुन । अघिल्लो वर्षको आजकै दिन विहान ९ बजेतिर काम भेटिए काम गरौला नत्र आन्दोलनतिर जाउला भनेर घरवाट निस्किएका गौतम १२ वजे तिर गोली लागेपछि घरबाट निस्किएको उनको अन्तिम दिन भयो ।

अधिकृतको सपना बोकेका: बिसी

सुर्खेतको वीरेन्द्रनगर–८ भानुचोक घर भएका २७ वर्षीया यम वी.सी. ईमान्दार र सालिन स्वभावका व्यक्ति थिए । गाउँमा कसैलाई भनेर नबिराउने र सबैलाई सम्मान गर्ने स्वभावका वी.सी. प्रखर स्वभावका व्यक्ति हुन ।

वातावरण सुधार संस्थामा करिब २ वर्ष काम गरेर सरकारी सेवामा अधिकृत हुने रुचिका साथ काठमाडौं तयारी कक्षा लिन गएका उनी केही दिन अगाडि मात्रै सुर्खेत फर्किएका थिए ।

तीन महिने बच्चा पेटमा बोकेर बसेकी श्रीमतीको खबर संगै बसेर बुझ्न सुर्खेत आएका उनी त्यस दिन साझ कहिल्यै नर्फकनेगरि विदा भए । परिवारको कान्छो सन्तानको रुपमा रहेका वी.सी.का बुवा, आमा, दाई र एक बहिनी छन । साथीहरुलाई भेटेर वातावरण सुधार समाज संस्थाबाट घर फर्कदै गर्दा कालिङचोक नजिक प्रहरीले हानेको गोली लागेर उनको मृत्यु भयो ।

राम्रो कोट सिउने परिचय बनाएका : रजवार 
ग्राहकको राम्रो कोट सिलाएर चर्चा कमाएका वीरेन्द्रनगर–३ का वर्षीया गोपालसिङ रजवारको पनि त्यही दिन स्थानीय मंगल गढी चोक स्थित प्रहरी र आनदोलनकारीबीच भएको झडपमा मृत्यु भयो ।

खाना खाएर छोरा मंगलगडितीर के भैरहेको छ म हेरेर आउछु भनेर गएका रजवारको शव बुझ्न साझ छोरा जानुप¥यो । बिचबजारमा छोराले खोलेको गुडफिड टेलर्समा काम गरेर दिनमा १२ सय कमाउने रजवारका छोराहरु राजु,सन्जु दिपक र छोरी लक्ष्मी छन ।