२०८०, ३० चैत्र शुक्रबार

बद्रि पंगेनिलाई मपविश्वविद्यालयमा जे पनि हुनसक्थ्यो

DSC06346सुर्खेत, साउन २५ ।
जन गायक बद्रि पंगेनी सोमार मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा आइपुगेका थिए । अनेरास्ववियुको स्ववियु निर्वाचन प्रचारप्रसार कार्यक्रममा सहभागी भएका उनी सुट्ट निस्किएन नजिकैको शौचालयमा पुगे । नाक थुन्दै भित्र पसेका गायक पंगेनी त्यसरी नै बाहिर निस्किए । अल्लि वर आएर मात्रै उनले छोपेको नाक खुला गरे ।

केही समय पछि । अनेरास्ववियुका केही विद्यार्थी नेताहरुले भाषण गरिसकेपछि बिचमा बद्रलाई स्टेजमा आमन्त्रण गरियो । गीत गाउन स्टेजमा आएका बद्रीले सुरुमा शैक्षिक भाषण नै दिए । विद्यार्थीहरु र नेताहरुलाई सुझाव दिए । समृद्ध नेपालको कुरा पनि गरे । त्यस क्रममै उनले शौचालय गएको सम्झिए ।

उनले मप विश्वविद्यालयको शौचालयको दुरदर्शा औल्याइदिए । ‘‘म शौचालय गए, बडो विडम्बना रैछ, यहाँको शौचालयमा त बाहिर सास फेरेर भित्र जानुपर्दाे रहेछ, अनि फेरि सास फेर्नलाई बाहिर नै आउनु पर्दाे रहेछ,’ उनले मुख खोलिहाले–‘नत्र त जे पनि हुने सम्भावना रैछ ।’’
मप विश्वविद्यालयको शौचालयको यो दुरदर्शा देखेपछि उनले यस्तो बताउदै गर्दा केहीको मुखबाट हासोको फोहोरा उठ्यो, केही गम्भीर बन्दै लज्जित बने । केही व्यक्तिहरु भन्दै थिए–‘विश्वविदालयको शौचायलयको यस्तो दुरदर्शा ?’’ बद्रिले फेरि सम्झाए विद्यार्थी संगठनहरुलाई र भने–‘‘कुनै पनि विद्यार्थी संगठनले स्ववियु निर्वाचन जितने हो भने अरु केही गर्न पर्दैन यो शौचालय सुधार गर्न पहल गरे हुन्छ,’ उनले थपे–‘यता हेर्नुस विश्वविद्यालयको हाताभित्र यस्तो झाडि छ, यो सफा गर्नुहोस कसले दिदैन तपाईलाई भोट ?’’ यति धेरै स्मरणसहितको पाठ सिकाइसकेपछि मात्रै बद्रीले आफ्ना गीतहरु प्रस्तुत गरेका थिए ।

यसैबीच कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष नविना लामाले आफूहरुले भाषणभन्दा पनि कामलाई पहिलो प्रथामिकतामा राख्ने बताइन । उनले विद्यार्थीहरुको हकहितको लागि सधै लड्ने प्रतिबद्धता व्यत्तः गर्दै नेपालको विद्यार्थी आन्दोलनमा अनेरास्ववियुको महत्वपूर्ण भूमिका रहेकोले मप विश्वविद्यालयको स्ववियु निर्वाचनमा पनि अनेरास्ववियुलाई जिताउन आग्रह गरिने ।

कार्यक्रममा अनेरास्ववियुका थप्रै नेता तथा कार्यकर्ताहरुले आफ्नो भनाई राखेका थिए भने हास्य कलाकार राजा राजेन्द्र पोखरेलले आफ्नो प्रस्तुतिले विद्यार्थीहरुलाई हसाएका थिए । कार्यक्रमम प्रभात पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
तस्बीर ः कार्यक्रममा आफ्नो गीत प्रस्तुत गर्दै बद्रि पंगेनी ।