२०८१, १४ बैशाख शुक्रबार

‘आफुलाई व्यस्त राख्छु’

कर्णाली प्रदेशका व्यवसायी साथै सुर्खेत उद्योग वाणिज्य संघका महासचिवसमेत हुन् लक्ष्मण कंडेल । वीरेन्द्रनगर निवासी कंडेलले हाम्रो नयाँ नेपाल दैनिकको हरेक आइतवार प्रकाशित हुने स्तम्भ ‘दैनिकी’ मा आफ्नो दैनिकी यसरी बताएः

म बिहान करिब साढे चार देखि पाँच बजे उठ्छु । आफ्नो नित्यकर्म सकेर मर्निङ वाक मा निस्किन्छु । करिब उक डेढ घण्टा हिँडेपछि व्यामहरु गर्छु । अफिसतिर झर्छु । चियाखाजा गरिसकेपछि स्थानिय तथा राष्टिय पत्रपत्रिकाहरमा समाचारहरू पढ्ने गर्छु । त्यसपछि साथिभाइहरुसंग फोनमा कुरा गर्छु । फोन गर्न र उठाउन बाँकि साथिहरुलाई सम्झिन्छु ।

सामान्य खाना मन पराउँछु
म सामान्य खाना मन पराउँछु । खाना खाजामा मलाई नमिठो भन्ने कुनै चिज लाग्दैन । सफा भए पुग्छ । दिउँसो सुत्दिन । साँझ औषतमा करिब १० बजेतिर सुत्छु ।

दिनमा करिब दुई तिन सय जनासंग फोनमा कुरा गर्छु
म दिनमा करिब दुई तिन सय जनासंग फोनमा कुरा गर्छु । आफन्तजन साथिभाई व्यवसायी आदिको फोन मलाई आइरहन्छ । बिहान उठेदेखि सुत्नेबेलासम्म फोनमा कुरा भइरहन्छ बेलाबेला ।

फेसबुक र टिवटर चलाउँछु
सामाजिक संजालमा फेसबुक र टिवटर चलाउँछु । मैले सुर्खेतबाट प्रकाशित हुने सबै पत्रपत्रिकाहरु पढ्छु । राष्टियस्तरका पत्रपत्रिकाहरुमा पनि समसामयिक, व्यापारिक र आर्थिक विषयबस्तुहरु पढ्ने गर्छु । म दर्जन बढि पत्रिकाहरुको ग्राहक पनि हुँ ।

व्यवसायिक र आर्थिक पुस्तकहरु पढ्छु
म पुस्तकहरु पढ्ने गर्छु । म एउटा व्यवसायी भएको नाताले आर्थिक र व्यवसायसंग सम्बन्धित किताबहरु पढ्ने गर्छु । व्यवसायमा कसरी सफल हुने भन्नेखालका किताबहरु पढ्छु । विभिन्न व्यवसायीहरुका सफलताका किताबहरु पढ्ने गर्छु । व्यवसायीहरुले समाजमा आफुलाई कसरी स्थापित गर्नुभएको छ भन्नेबारेमा पनि अध्ययन गर्छुृ । जस्तै विनौद चौधरीको पुस्तक ।

२१ वर्षमा तीनवटामात्रै फिल्म हेरेँ
म फिल्म हेर्दिन नै भन्दा पनि हुन्छ । मलाई लाग्छ विक्रम संवत २०५६ सालयता मैले आजसम्म मात्रै करिब ३ वटा फिल्म हेरेको छु । फिल्ममा समय पनि अलि मिल्दैन । एउटा फिल्म हेर्न दुई तिन घण्टा लाग्छ । फिल्म हेर्दै गर्दा कि कसैको फोन आउँछ या कुनै काम पर्छ । फिल्म हेर्ने संयोग नै मिल्दैन । त्यसैले पनि होला फिल्ममा त्यति धेरै चासो लाग्दैन ।

सन्देशमुलक गितहरु सुन्छु
मैले गितहरू सुन्ने गर्छु । प्राय गरेर सामाजिक खालका गितहरु सुन्छु । राष्टिय गितहरु पनि सुन्ने गर्छु । अलि सन्देशमुलक गितहरु सुन्छु ।

६० बढि जिल्ला र ७० बढि देश पुगिसकेँ
म घुम्नको शौखिन नै हुँ । मलाई भ्रमण गर्न अत्यन्तै मन पराउँछु । अहिलेसम्म म नेपालको करिब ६० वटा भन्दा बढि जिल्लाहरुमा पुगिसकेको छु । म विदेशका पनि धेरै देशहरुमा पुगिसकेको छु । नेपालबाहिरका करिब ७० वटाभन्दा बढि देशहरुमा म विभिन्न शिलसिलामा पुगिसकेको छु ।

आफै गाडि चलाएर घुम्न रहर लाग्छ
नयाँ ठाउँमा घुम्न मलाई धेरै नै रहर र रमाइलो लाग्छ । नेपालका विभिन्न जिल्लाहरु र विभिन्न पर्यटकिय स्थलहरुमा र अन्य स्थानहरुमा आफै गाडि चलाएर घुम्न अंझै मज्जा लाग्छ ।
भेटघाट म सजिलोसँग गर्छु । खालि भएको समयमा चिया पसल, अफिस बाटो वा अन्य स्थानमा जहाँ पनि कसैले भेट्ने इच्छा देखाउनुभयो भने उहाँसंग सहजै भेटेर कुरा गर्छु ।

आफुलाई व्यस्त राख्छु
मानिसको जिवन व्यस्त नै हुनुपर्छ । मानिसले आफ्नो जिवनको कर्म गर्ने क्रममा आफुलाई व्यस्तता गराउन जरुरी हुन्छ । जवसम्म हामि व्यस्त हुँदैनौं सामाजिक क्षेत्रमा काम गर्न सकिदैन भन्ने मलाई लाग्छ । त्यसैले मैले आफुलाई पनि व्यस्त राख्छु ।

भगवानसंग अरुको भलो गर्ने प्राथाना गर्छु
मैले बिहान उठ्नेवित्तिकै उक्त दिनभर कसैको पनि कुभलो गर्न नसकु भलो गर्न सकुँ तथा मसंग आउने सबै समस्याहरु समाधान गर्न सकुं भनेर नित्यकर्ममा भगवानसंग प्राथाना गर्छु ।

सेवाग्राहीको सन्तुष्टिमा हाँस्छु
र सेवाग्राही जुन अपेक्षा गरेर मकहाँ आउनुहुन्छ, मैले उहाँहरुको काम गरेर सन्तुष्टी दिलाउन सकेँ भने मलाई त्यतिबेला धेरै खुःसी प्राप्त हुन्छ । म सेवाग्राहीको खुसीमा रमाउँछु उहाँहरुको खुसिमा हाँस्छु ।