२०८१, २० बैशाख बिहीबार

हिरोको यौनप्रस्ताव नमान्दा…

दक्षिण भारतीय फिल्मकी अभिनेत्री कस्तुरीले तेलेगु फिल्ममा एक चर्चित अभिनेतालाई ‘कास्टिङ काउच’को आरोप लगाएकी छिन् । कस्तुरीले आफूलाई यौन शोषण गर्न खोजेका ती अभिनेताको नाम भने खुलाएकी छैनन् । उनले ती अभिनेता अहिले राजानीतिमा पनि सक्रिय रहेको जानकारी दिएकी छिन् ।

कस्तुरीले आफ्नो जीवनका खराब अनुभव सुनाउने क्रममा आफू कास्टिङ काउचबाट बचेको दाबी गरेकी हुन् । ‘ती अभिनेताले मलाई, मसँग सुत भनेर दबाब दिएका थिए,’ उनले भनेकी छिन्, ‘तर मैले मानिनँ । म उनलाई निकै सम्मान गर्दथेँ । तर, तिनी त साह्रै पातकी पो रहेछन् ।’ साउथ इन्डियन फिल्म उद्योगमा यौनशोषण र आशक्तिका प्रसंग आइरहने गर्दछन् ।

कस्तुरीले आफूले ती अभिनेताको सर्त नमान्दा फिल्मबाट निकालिनु परेको खुलासामा पनि गरेकी छिन् । ‘मैले उनको सर्त नमान्दा मलाई साह्रै तनाव दिए,’ कस्तुरीले भनेकी छिन्, ‘उनीसँग मैले जुनजुन फिल्ममा काम गरेँ, सबैमा तनाव झेल्नुपर्यो‍ । कसैगरी पनि मैले उनको कुरा नमानेपछि मलाई दुईवटा फिल्मबाट निकालिदिए ।’  नयाँ पत्रिका