२०८१, २१ बैशाख शुक्रबार

यी हुन प्रदेश नं. ६ का गाउँपालिकाका कार्यकारी अधिकृत

सुर्खेत, चैत्र ५ । सरकारले स्थानीय तह कार्यान्वयनमा ल्याएको केही दिनमै गाउँपालिकाहरुमा कार्यकारी अधिकृतहरु खटाएको छ ।

देशभरका सबै गाउँपालिकामा सरकारले कार्यकारी अधिकृतहरु नियुक्त गरेको छ । तत्कालनका लागि बरिष्ट सचिवहरु मध्येबाट काम चलाउने निर्देशन दिइएकोमा त्यसको केही दिनमै सरकारले कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

जस अनुसार सुर्खेतमा रहेका रहेका चार वटा गाउँपालिकाहरु मध्ये पश्चिमको चौकुने गाउँपालिकामा विजयराज पौडेललाई कार्यकारी अधिकृतको नियुक्ति दिइएको छ भने बराहताल गाउँपालिकामा यस अघिको जिल्ला विकास समितिका योजना अधिकृत पर्शुराम उपाध्यायलाई नियुक्ति दिइएको छ । यस्तै उत्तरपूर्वमा रहेको चिङ्गाड गाउँपालिकाको कार्यकारी अधिकृतमा रेवती बहादुर बुढाथोेकी र पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकामा जनक हमालले कार्यकारी अधिकृतको नियुक्ति पाएका छन् ।

यस्तै प्रदेश नं. ६ को दैलेखको भगवतीमाई मा अभिलाल राई, गुँरासमा मदनकुमार बजगाई, डुंगेश्वरमा कृष्णप्रसाद पन्त, नौमुलेमा षन्तोष ढुङगाना, महावुमा माधवप्रसाल पोख्रेल, भैरवीमा युवराज आचार्य र ठाँटीकाँधमा शोभाराम रिजालले नियुक्ति पाएकाछन् ।

यसैगरी जाजरकोटको बारेकोटमा अमरबहादुर घर्ती, कुसेमा दिपेश छाङछा, जुनिचाँदेमा ऋषिकेश खतिवडा र शिवालयमा लोकबहादुर कुसारीले नियुक्ति पाएकाछन् । यता कालिकोटमा रहेको पचाल झरनामा कृष्णानन्द सिंह, सान्नी त्रिवेणीमा अर्काे व्यवस्था हुन नसकेसम्मका लागि भने जिल्ला समन्वय समितिले तोकेको व्यक्ति हुने जनाइएको छ ।

यस्तै कालिकोटको नरहरिनाथ गाउँपालिकामा सन्तोष नेपाली, कालिकामा योगेश्वर पाण्डे, महावैमा भने अर्काे व्यवस्था नहुँने वेलासम्म जिल्ला समन्वय समितिले नै तोक्ने जनाइएको छ र पताला गाउँपालिकामा रविन्द्र बुढा क्षेत्रीलाई नियुक्ति दिइएको छ ।

हुम्लामा रहेका ७ गाउँपालिकाहरु मध्ये ७ वटैमा कार्यकारी अधिृकत नियुक्त गरिएको छ । जसमा नाम्खामा सुमन लिङदेन, सिमकोटमा अर्जुन दर्जी, खार्पुनाथमा संगम सापकोटा, सर्केगाडमा रम्बो चाम्लिङ राई, चंखेलीमा मित्रलाल भट्टराई, अदानचुलीमा टेकबहादुर वली र ताजाकोटमा सुनिल थकुल्ला नियुक्त भएकाछन् ।

तीन गाउँपालिका मात्रै रहेको मुगुमा खल्याड गाउँपालिका अर्काै व्यवस्था नहुनेवेलासम्म जिल्ला समन्वय समितिले नै तोकेको व्यक्तिले काम गर्ने जनाइएको छ भने अन्य मुगुम कार्मारोगमा लिलाराम श्रेष्ठ र सोरुमा सुन्दर बन्दवा नियुक्त भएकाछन् ।

जुम्लामा पातारासीमा रेम्बोचा म्लिङ राई, गुठिचौरमा निरन्जन प्रकाश निरौला, तीलामा सुमन लिङदेन (लम्बु), हिमामा छोलाराज दंगाल, सिंजामा सुवास रिजाल, कन्कासुन्दरीमा लक्ष्मीप्रसाद उपाध्याय नियुक्त भएकाछन् भने तातोपानीमा अर्काे व्यवस्था नभएसम्मका लागि जिल्ला समन्वय समितिले नै तोक्ने छ ।

डोल्पामा रहेको डोल्पो बुद्धमा नारायणप्रसाद ढकाल, से–फोक्शोन्डोमा सुमन अधिकारी, जगदुल्लामा नवराज पराजुली, मुड्केचुलामा मोहनप्रसाद निरौला, काइकेमा कमलराज उपाध्याय र छार्का ताङसोङमा बैकुण्ठ पौडेल नियुक्त भएकाछन् ।

यसैगरी सल्यानको दार्मामा बसुन्धरा पुन, कुमाखमालिकामा मार्सल वली, ढोरचौरमा हरिजंग चन्द, छत्रेश्वरीमा विनोद रोका, कपुरकोटमा रेवन्तबहादुर डाँगी, त्रिवेणिमा दलबहादुर बस्नेत र कालिमाटिमा यामबहादुर उपरकोटीलाई सरकारले नियुक्त गरेको छ ।

यस्तै रुकुममा रहेका गाउँपालिकाहरु सानीभेरीमा दीपेन्द्र रावल, बाफिकोटमा रविन्द्र बुढाथोकी, सिस्नेमा विमला रोका (श्रेष्ठ), त्रिवेणीमा सिजनकुमार वली, भुमेमा चन्द्रसिंह श्रेष्ठ नियुक्त भएकाछन् ।

रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा भने अर्काे व्यवस्था नहुन्जेलसम्म जिल्ला समन्वय समितिले तोकेबमोजिम नै हुने जनाइएको छ ।