२०८१, ५ मंसिर बुधबार

इलाका नं. १० को बैठक सम्पन्न

बाबियाचौर, माघ १५ । स्थानीय स्वयत्त शासन नियमावली २०५६ को नियम १९९ को उपनियम ३ र ४ बमोजिम ईलाका नं १० स्तरिय योजना तर्जुमा बैठक शनिबार पश्चिम सुर्खेतको बाबियाचौरमा सम्पन्न भएको छ ।

जिल्ला बिकास समिति को कार्यालय सुर्खेतको ओजनामा भएको बैठकमा तातापानि, बाबियाचौर, छाप्रे, पोखरिकाँडा र सालकोट गाबिसका प्रतिनिधिको सहभागिता रहेको थियोे । बैठकमा प्रत्येक गाबिसले आआफ्नो गाबिसका योजनाहरु प्रस्तुत गरेका थिए । बैठकका सहभागीले गत बर्षमा छनौट गरिएका योजना हरुको जानकारी गराउनुपर्नेमा जोड दिएका छन ।

स्थानीय नागरिकहरुले जिल्ला बिकास समितिका कर्मचारी हरुले आफुलाई समुदायमा जवाफ दिन गाह्रो हुने भएकोले बठ्याई गरी अन्य कर्मचारी सिफारिस गरेको आरोप लगाएका छन ।बैठकका सहभागीले ईलाका नं।१० मा बिवाद हुन्छ भन्ने जिल्ला बिकास समिति को गलत भ्रमलाई हटाउनुपर्ने र आगामि दिनमा सहि तरिकाले बजेट बिनियोजन र कार्यन्वयन नभएमा खबरदारी गर्ने समेत बताएका छन ।

बैठकले संस्थागत बिकास तर्फ तातापानि गाबिसको जनसृजना मा बि को घेरबार, वन तथा वातावरण तर्फ बाबियाचौर को शिर ताल संरक्षण तथा घेरबार, सामाजिक बिकास तर्फ छाप्रे गाबिस को शान्ति आधारभूत बिद्यालय भवन निर्माण, आर्थिक बिकास तर्फ पोखरिकाँडा ४ को बुटी सिचाई आयोजना र भौतिक पुर्बाधार बिकास तर्फ सालकोट गाबिसको पलैटे बजार प्रतिक्षालयदेखि शिवशक्ती धाम सम्म सडक कालोपत्रेलाई प्रमुख प्राथमिकता मा राखिएको छ ।

बैठकमा बोल्दै गाबिस स्तरिय महिला संजाल बाबियाचौरका अध्यक्ष कमला पौडेलले महिलाहरुले माग गरेका योजना प्राथमिकता मा राखेर योजना बनाउनुपर्ने बताएको छ ।

सुर्खेत को क्षेत्र नं.३ लाई सौतेनि ब्यवहार गरेको सहभागी मध्येबाट धनबहादुर थापाले बताए । सालकोट गाबिस सचिव तिलकराम अधिकारीले पटकपटक छलफल गर्दा योजना माग गरेअनुसार क्रमिक रुपमा सुधार भएको बताए । बैठकमा जिल्ला स्तरबाट ओम चपाई, जनजाति प्रतिनिधि पुर्ण बहादुर राना, स्थानीय राजनीतिक दल, संघ संस्था का प्रतिनिधि लक्षित बर्गका संजाल लगाएतको सहभागीता रहेको थियो ।

जनजाति जिल्ला समन्वय समिति का उपाध्यक्ष पुर्ण रानाले अरु ईलाका भन्दा यस ईलाका मा परिषद राम्रो तरिकाले सम्पन्न भएको र परिषद मा भएका भएका निर्णय हरुला आफ्नो तर्फ पहल गर्ने प्रतिबद्धता जनाए । जिल्ला बिकास समिति का प्रतिनिधि ओम चपाईले संचालन गरे । बैठक अध्यक्षता गाबिस कार्यालय बाबियाचौरका सचिव भद्रबहादुर थापाले गरेका थिए ।