२०८१, २० बैशाख बिहीबार

आउँदो बैशाख २ गतेपछि उपत्याकाको फोहोर डम्पिङ् गर्न नदिने ओखरपौवा डम्पिङ्ग समन्वय संघर्ष समितिको चेतावनी

saskritiकाठमाडौं, २९ पुस । ओखरपौवा डम्पिङ्ग समन्वय संघर्ष समितिले आउँदो बैसाख २ गते पछि उपत्यकाको फोहोर डम्पिङ्ग गर्न नदिने चेतावनी दिएको छ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघर्ष समितिले ०६२ सालमा सरकार र स्थानीयबीच गरिएको ९ बुँदे माग अहिलेसम्म कार्यान्वयन नभएको भन्दै सरोकारवालाले यस्तो चेतावनी दिएका हुन्।

कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका सभापति एवम् सांसद जगदिशनरसिँह केसीले ओखरपौवा डम्पिड्ग साईटको बैज्ञानिक व्यबस्थापनकोलागि सरकारले हेलचेक्र¥याँई गरेको आरोप लगाएका छन्।

उनले भने,‘धादिङ्ग र नुवाकोटकोबीचमा रहेको ओखरपौवा वरपरका करिव १० गाविसको जनजीवन निक्कै प्रभावित भएको छ, राजधानी काठमाडौबाट फोहोर बोकेर हिँडेका गाडिहरुले सडकभरि फोहोर फाल्दै हिँड्ने गर्दछन्, त्यसबाट पनि बाटोमा हिड्ने मानिसको स्वास्थ्यमा प्रतिकुल असर परेको छ, यसतर्फ राज्यले तत्काल ध्यान दिनुपर्छ।

’त्यस्तै नेपाली काँग्रेस धादिङ्का सभापति रमेश धमलाले एकतर्फी संघर्ष समितिले सफलता पाउन नसक्ने बताएका छन् । उनले भने,‘धादिङ्ग, नुवाकोट, उपत्यकाबासि र सरकारबीच गहिरो सहमति हुन आवश्यक छ, महानगरपालिकाका कर्मचारीले आँखा चिम्लेर बसेका छन्, जुन दिन फोहोरका गाडिहरू राजधानीमा रोकिन्छन्, अनि मात्र खुल्नेछन्।’धमलाले अघि थपे,‘वैज्ञानीक रुपमा फोहोरलाई व्यबस्थापन गर्नु आजको आवश्यकता हो।’त्यस्तै माओवादी केन्द्रका नेता शालिकराम जमकटेलले राज्य र स्थानीय जनताकाबीचमा भएको फोहोरलाई मोहरमा परिणत गर्ने सम्झौता कागजमा सिमित रहेको आरोप लगाए।

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले ओखरपौवाको बिषयलाई राष्ट्रिय वहस बनाएर समितिका माग पुरा गर्नको लागि आफुले कुनै पनि कसर बाँकि नराख्ने प्रतिवद्धता जनाए।
धमलाले भने,‘नयाँ बर्ष २०७४ बैशाख सम्मको तीन महिने अल्टिमेटम दिएको छ, यो समयभित्र जुनसुकै हालतमा सरकारले स्थानीयबासिका माग सम्बोधन गर्नुपर्छ, दुगन्ध फैलिएको छ, यसबाट स्थानीयहरूको जीवनमा अत्यन्तै प्रतिकुल असर पोरको छ, यस्ता संवेदनशील विषयमा सरकार गम्भिर हुनुपर्छ।’